Sajhamanch Archive

दिक्तेलमा संस्थानको चामल कुहिएर डिस्पोज

Published: in राष्ट्रिय समाचार, समाज by .

दिक्तेल । नेपाल खाद्य संस्थानले समय अनुकुल चामलको मुल्य समायोजन गर्न नसक्दा संस्थानको शाखा कार्यालय दिक्तेलमा रहेको चामल कुहिएर डिस्पोज गर्नुपर्ने भएको छ ।

बढ्दो बजार र यातायातको पहुंच गाउँघरमा पुग्दा समेत मुल्य नघट्दा खाद्यको चामल कुहिएर नष्ट भएको हो । त्यहाँको चामल कुहिएर पोकापोका परेको छ ।

आर्थिक वर्ष २०७१र०७२ मा आएको १ सय ६५ क्वीन्टल चामल मध्ये हाल ९ क्वीन्टल ६२ केजी अरुवा जिरा मसिनो चामल डुङडुङती गन्हाएर तत्काल डिस्पोज गर्नुपर्ने अवस्थामा रहेको छ ।

डुङडुङती गन्हाएर फाल्नुपर्ने अवस्था आईपुग्दा समेत सो गन्हाएको चामलको मुल्य अझै पनि ५० रुपैयाँ केजी छ । बजार मुल्यभन्दा उच्च मुल्यका कारण चामल विक्री नहुंदा खाद्य संस्थानले सर्वदलीय सर्वपक्षीय छलफल गरेर प्रतिकेजी ३५ रुपैयाँ मुल्य बनाउन केन्द्रलाई अनुरोध गरेको थियो ।

चामलको मुल्य नघट्दा विक्री नभएपछि अन्ततः चामल कुहिएर नष्ट भएको हो । कुहिएको चामललाई यस आर्थिक वर्षको अन्त्यमा भौतिक परिक्षण गरेर डिस्पोज गर्ने प्रक्रियामा लगिने कार्यालय प्रमुख सुनिल कुमार शाहले बताए ।

चालू आर्थिक वर्ष २०७५र०७६ मा खाद्य संस्थानले दिक्तेल संस्थानका लागि १ सय ४६ क्वीन्टल १० केजी जापनीज चामल, ऐंसेलुखर्क डिपोलाई जापनीज १ सय ३६ क्वीन्टल ३० केजी र अरुवा सोना मन्सुली १ सय ७१ केजी र खोटाङबजार डिपोलाई २ सय ४० केजी सोना मन्सुली चामल वितरण गरेको लेखा प्रमुख भानुभक्त चौहानले जानकारी दिए ।

वितरण गरिएको चामल प्रतिकेजी ४५ रुपैयाँमा विक्री भइरहेको छ । चालू आर्थिक वर्षमा दिक्तेल खाद्य संस्थानबाट २ सय ६४ क्वीन्टल ५० केजी, ऐंसेलुखर्क डिपोबाट १ सय ९८ क्वीन्टल ५० केजी र खोटाङबजार डिपोबाट १ सय ८० क्वीन्टल चामल विक्री भएको लेखा प्रमुख चौहानले जनाए ।

डिपो सञ्चालनका लागि ज्यालादारी माग गरिएको छ । ज्यालादारी स्वीकृत भएपछि सो डिपो पनि सञ्चालनमा आउनेछ । विकासक्रमसँगै कुनाकन्दरामा साना तथा ठूला सवारी साधनले घरघरमा खाद्यन्न बस्तु पुर्याईरहंदा खाद्य संस्थानको चामलको भाउ भने उस्तै छ ।

बजार मुल्यभन्दा सरकारी चामल महंगो हुंदा चामल कुहिएर नष्ट भइरहेको हो । दिक्तेलबजारमा भन्दा खाद्यको चामल बिकट गाउँघरमा आवश्यक रहेकाले त्यतातिर लैजानुपर्ने सरोकारवालाहरुको भनाई छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *