एक्सेल डेभलपमेन्ट बैंक र महालक्ष्मी लाईफ इन्स्योरेन्सबीच बैंकास्योरेन्ससम्बन्धी सम्झौता
Published:
by .विर्तामोड । एक्सेल डेभलपमेन्ट बैंक र महालक्ष्मी लाईफ इन्स्योरेन्सबीच आज बुधबार बैंकास्योरेन्ससम्बन्धी सम्झौता भएको छ ।
बैंकका प्रमुख कार्यकारी अधिकृत दिनेश कुमार पोखरेल र महालक्ष्मी इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले आज (बुधबार) बैंकास्योरेन्ससम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।
ग्राहकहरुले एक्सेल बैंकका ५ जिल्लामा रहेको विभिन्न ३३ शाखाहरुबाट महालक्ष्मी लाइफको जीवन बिमा गर्नुका साथै यससम्बन्धी सबै सेवा प्राप्त गर्नसक्ने जनाइएको छ । बैंकले यसअघि रिलायबल नेपाल लाइफ इन्स्योरेन्स र एल.आई.सी. (नेपाल) सँग पनि सम्झौता गरी ग्राहकहरुलाई विमा सेवा प्रदान गरिरहेको छ ।
बैंकले गत सोमबार मात्रै पनि एशियन लाइफ इन्स्योरेन्ससँग बैंकास्योरेन्सस गरेको थियो । यो सगै बैंकले बैंकास्योरेन्स गरेको इन्स्योरेन्स कम्पनी संख्या चार पुगेको छ ।
Comments