Sajhamanch Archive

क्रिकेट रंगशालाको निर्माणको काम स्थगित

Published: (Updated: ) in खेलकुद, राष्ट्रिय समाचार by .

चितवन । चितवनको रामपुरमा निर्माणाधिन गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालाको निर्माणको सबै काम स्थगित भएको छ ।

बुधबार रंगशाला निर्माण परिसरको जस्तासहितको तारबार केही असन्तुष्ट स्थानीयले डोजर लगाएर भत्काएपछि तत्कालका लागि निर्माण स्थगित गरिएको धुर्मुस सुन्तली फाउण्डेसनले जनाएको छ ।

फाउण्डेसनका अध्यक्ष सीताराम कट्टेल धुर्मुसले एक विज्ञप्ती निकालेर सुरक्षित वातावरणमा काम गर्ने अवस्था नभएसम्म सम्पुर्ण काम यथास्थितिमा स्थगित गरिएको जनाएका हुन् ।

यसअघि पनि कर्मचारीसँगै कामदारलाई धम्क्याउने, थर्काउने समूहले डोजर लगाएर तारबार भत्काएपछि काम गर्ने वातावरण नभएको विज्ञप्तीमा जनाइएको छ । विज्ञप्तीमा छलफलबाट समस्या समाधानको प्रयास हुँदाहुँदै अराजक समूहले क्षति पुर्‍याएको घटनाप्रति सरकारको ध्यानाकर्षण र भर्सना गरिएको छ ।

धुर्मुसले निर्माणमा खटिने कर्मचारीको जिउ ज्यान र भौतिक सम्पत्तिको सुरक्षामाथि खतरा भइ गम्भीर परिस्थिति सिर्जना भएकाले स्थगित गएिको जनाएका छन् ।

उनले सहयोगी दाताहरुमा पर्न गएको असुविधाप्रति क्षमा मागेका छन् । भरतपुर महानगरपालिकाले सट्टा भर्नामा जग्गा उपलव्ध गराएपछि कृषि तथा वन विज्ञान विश्वविद्यालयको २० बिघा ६ कठ्ठा जग्गामा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण भइरहेको थियो ।

भदौमा शिलान्यास गर्ने गरी निर्माणपूर्वका काम गरिरहेको अवस्थामा तारबार भत्काएपछि रोकिएको हो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *