यौनजन्य गतिविधिमा संलग्न भएको आरोपमा प्रहरीद्धारा विर्तामोडबाट आठ जना पक्राउ
Published:
by .झापा । यौनजन्य गतिविधिमा संलग्न भएको आरोपमा प्रहरीले झापा विर्तामोडस्थित नयाँ बसपार्क क्षेत्रमा सञ्चालित न्यूनलाइट होटलका दुई होटल सञ्चालकसहित आठ जनालाई पक्राउ गरेको छ ।
पक्राउ परेका आठै जनालाई आज जिल्ला प्रशासन कार्यालय झापाबाट म्याद थप गरी अभद्र व्यवहारमा मुद्दा चलाउने तयारी गरिएको छ ।
विर्तामोड आसपासमा सञ्चालित होटल तथा लजमा अवैधरूपमा यौनजन्य गतिविधि भइरहेको भन्ने जनगुनासो आएपछि प्रहरी सक्रियता बढाइएको इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायब उपरीक्षक (डिएसपी)मोहन थापाले जानकारी दिए ।
पक्राउ पर्नेमा दुई महिला र अन्य ६ जना पुरुष रहेका छन् । डिएसपी थापाले सामाजिक अपराध,महिला हिसां,चोरीतस्करी लगायत गैरकानुनी गतिविधीमा संलग्नलाई कानुनी दायरामा ल्याइने बताए ।
Comments