Sajhamanch Archive

ट्रम्पद्धारा मेक्सिकोबाट आयात हुने सबै सामानमा करवृद्धिको घोषणा

Published: in राष्ट्रिय समाचार, विविधा, विश्व समाचार by .

वासिंटन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिकोबाट आयात हुने सबै सामानमा करवृद्धिको घोषणा गरेका छन् ।

मेक्सिकोबाट भइरहेको आप्रवासीको अवैध प्रवेश रोक्न दबाब दिने उद्देश्यले राष्ट्रपति ट्रम्पले करवृद्धिको घोषणा गरेका हुन् ।

ट्रम्पले ट्वीट गर्दै आगामी जुन १० तारिखदेखि लागू हुने गरी मेक्सिकोबाट आयात हुने सबै मालसामानमा अतिरिक्त ५ प्रतिशत कर लिईने जानकारी दिए । अवैध आप्रवासीको प्रवेश पूर्णरुपले बन्द नभएसम्म करबृद्धिको क्रम विस्तारै बढाउँदै लैजाने ट्रम्पको योजना छ ।

उता, मेक्सिकोले भने अमेरिकी कदमको विरोध गरेको छ । ट्रम्पको घोषणा कार्यान्वयनमा आए मेक्सिकोले पनि उचित जवाफ दिने प्रतिक्रिया उत्तर अमेरिकाका लागि मेक्सिकोका एक जना वरिष्ठ कूटनितिज्ञ जिसस सियादेले दिएका छन् ।

मेक्सिकोसँगको सिमामा पर्खाल लगाउने योजनामा रहेका ट्रम्पले आप्रवासी र वैदेशिक व्यापारको सवालमा सधैं कडा नीति लिँदै आएका छन् । (एजेन्सी)

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *