Sajhamanch Archive

एक्सल बैंकका कर्मचारीलाई दुई दिने आन्तरिक प्रशिक्षण जारी

Published: (Updated: ) in अर्थतन्त्र, राष्ट्रिय समाचार by .

बिर्तामोड । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले आजदेखि बिर्तामोडमा दुई दिवसीय प्रशिक्षण कार्यक्रमको सुरुवात गरेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत दिनेशकुमार पोखरेलले उद्घाटन गरेको प्रशिक्षण कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत पोखरेलसहित विभागीय प्रमुखहरुले सहजीकरण गरिरहेका छन् ।

बैंकले पछिल्लो समय कर्मचारीको बृत्ति विकासका लागि साप्ताहिकरुपमा प्रशिक्षण कार्यक्रमको आयोजना गरिरहेको छ । यसअघि पनि बैंकले जेठ ३ र ४ गते दुई दिन, जेठ १० र ११ गते दुई प्रशिक्षण सम्पन्न गरेको थियो । प्रशिक्षणमा विभिन्न ३१ शाखाका अपरेसन फाँटमा कार्यरत सयजना भन्दा बढी कर्मचारीको सहभागिता रहेको थियो ।

यसअघिका प्रशिक्षण अपरेसनसँग सम्बन्धित रहे पनि अबका प्रशिक्षणहरु कर्जा प्रवाह, वित्तीय चुनौती र समाधानका साथै पछिल्लो समय राष्ट्र बैंकद्वारा जारी विभिन्न नीति तथा सर्कुलरका विषयमा केन्द्रित रहने बताइएको छ ।

प्रशिक्षणमा कर्जा फाँटमा कार्यरत ८० भन्दा बढी कर्मचारीहरुको सहभागिता रहेको छ । भोलि पनि जारी रहने प्रशिक्षणमा स्वागत कम्पनी सचिव श्यामबहादुर बोहोराले गरेका थिए भने कार्यक्रमको संञ्चालन कर्जा विभाग प्रमुख शिवकुमार गिरीले गरिरहेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *