Sajhamanch Archive

दक्षिणी सुडानमा जातीय समूहबीच झडप

Published: in राष्ट्रिय समाचार, विश्व समाचार by .

काठमाडौं । दक्षिणी सुडानमा जातीय समूहहरूबीच भएको भिडन्तमा कम्तीमा २२ को मृत्यु भएको छ ।

सिह्वाका अनुसार, दक्षिणी सुडानको सीमा क्षेत्रमा दुई समूहका युवाबीच झडप भएको हो ।

सूचना मन्त्री मिचेल मयौतले बिहीबार दुई जातीय समूहबीच झडप हुँदा कम्तीमा २२ जनाको ज्यान गएको पुष्टि गरेका छन् ।

दक्षिणी सुडानका लागि जातीय हिंसा टाउको दुखाइको विषय बन्दै आइरहेको छ । यहाँ पटकपटक हुने गरेका यस्ता झडपमा धेरैले ज्यान गुमाइसकेका छन् ।

यसअघि गत मंगलबार पनि झडप भएको थियो । जसमा एक जना सुरक्षाकर्मी मारिएका थिए भने अरु १८ जना घाइते भएका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *