Sajhamanch Archive

भारतमा बेरोजगारीको दर पछिल्लो ४५ वर्ष यताकै उच्च

Published: in राष्ट्रिय समाचार, विविधा, विश्व समाचार by .

भारत सरकारले देशमा बेरोजगारी दर बढेको सम्बन्धी तथ्यांक जारी गरेको छ । लोकसभा चुनावअघि यो तथ्यांक चुहावट भएको थियो र यसलाई लिएर विवाद र्सिजना भएको थियो ।

हिन्दुस्तान टाइम्समा प्रकाशित समाचार अनुसार अहिले आएर सरकार आफैले यो तथ्यांक सार्वजनिक गरेको छ । सार्वजनिक गरिएको तथ्यांकमा स्वीकार गरिएको छ कि भारतमा बेरोजगारीको दर पछिल्लो ४५ वर्ष यताकै उच्च रहेको छ ।

सरकारी तथ्यांक अनुसार आर्थिक वर्ष २०१७–१८ मा बेरोजगारी दर ६।१ प्रतिशत भन्दा बढी छ । यो तथ्यांक प्रधानमन्त्री नरेन्द्र मोदी र उनको मन्त्रीमण्डलले शपथ लिएको दोस्रो दिन (शुक्रबार) सार्वजनिक भएको हो ।

सरकारले चुनावअघि सर्वाजनिक भएका यस सम्बन्धी रिपोर्ट या खबरहरु खारेज गरेको थियो र तथ्यांकलाई अन्तिम रुप नदिएको उल्लेख गरेको थियो । यस्तै देशको आर्थिक वृद्धिदर पनि पछिल्लो पाँच वर्षयताकै कम ५।८ प्रतिशतमा पुगेको छ ।(एजेन्सी)

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *