Sajhamanch Archive

आज राजदरबार हत्याकाण्डको १८ वर्ष पूरा, घटना अझै रहस्यमा

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार by .

काठमाडौँ । नारायणहिटी दरबार हत्याकाण्ड भएको आज १८ वर्ष पुगेको छ । विसं ०५८ जेठ १९ गते शुक्रबारका दिन भएको हत्याकाण्डमा तत्कालिन राजा वीरेन्द्र शाहको वंश नै नाश भएको थियो । हत्याकाण्डको ७ वर्षपछि ०६५ जेठ १५ गते मुलुकबाट राजतन्त्र समाप्तिको घोषणा गरिएको थियो ।

नारायणहिटी दरबारको त्रिभुवन सदनको विलियार्ड बैठकमा भएको हत्याकाण्डमा तत्कालिन राजा विरेन्द्र, रानी ऐश्वर्य, तत्कालिन युवराज दीपेन्द्र, राजकुमार निराजन, राजकुमारी श्रुति, वीरेन्द्रका कान्छा भाइ धिरेन्द्र, वीरेन्द्रकी बहिनी राजकुमारी जयन्ती, शान्ति र शारदा सहितको ज्यान गएको थियो ।

हत्याकाण्डपछि राजपरिवारका सदस्यहरुलाई नेपाली सेनाको छाउनी अस्पताल पुर्‍याइएको थियो । राजा वीरेन्द्र तथा रानी ऐश्वर्यको सोही दिन मृत्यु भएर कोमामा रहेका दीपेन्द्रलाई नयाँ राजा घोषणा गरिएको थियो ।

हत्याकाण्डको बिषयमा अध्ययन गर्न तत्कालिन सभामुख तारानाथ रानाभाटको अध्यक्षतामा बनेको समितिले दरबार हत्याकाण्ड तत्कालिन युवराज दिपेन्द्रले गराएको प्रतिवेदन बुझाए पनि त्यसलाई धेरैले पत्याएनन् । प्रतिवेदनमा राप्रपा नेता पशुपतिशमशेर राणाकी छोरी देवयानी राणासँगको प्रेम प्रंसगका कारण दिपेन्द्रले हत्याकाण्ड मच्चाएको उल्लेख थियो ।

यस अवधिमा दरबार हत्याकाण्डमाथि थुप्रै टिकाटिप्पणी भए, पुस्तकहरु छापिए तर १८ बर्ष सम्म यर्थाथ कुरा बाहिर आउन सकेको छैन । राजा वीरेन्द्रपछि उनका भाइ ज्ञानेन्द्र शाह राजगद्दीमा आसीन भएपनि उनी नै नेपालको इतिहासमा अन्तिम राजा बने ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *