Sajhamanch Archive

अमेरिकी भिषामा कडाइ, आवेदकले इन्टरनेट हिस्ट्रीु बुझाउनुपर्ने

Published: (Updated: ) in राष्ट्रिय समाचार, विविधा, विश्व समाचार by .

तपाईँ अमेरिकाको लागि भिषा आवेदन गर्दै हुनुहुन्छ भने सोसल मिडिया, इमेल र फोन नम्बरसहितका सम्पूर्ण गतिविधि र विवरण बुझाउनुपर्ने भएको छ।

अमेरिकी प्रशासनलाई उद्धृत् गर्दै बिबिसीले जनाएअनुसार आवेदकको पछिल्लो पाँच वर्षयता एक्टिभ रहेका फोन नम्बर, इमेल र सोसल मिडिया एकाउन्टको विवरण संकलन गर्नेगरी नयाँ नियम ल्याइएको हो।

यो नियमबाट बर्सेनि डेढ करोड मानिसहरू प्रभावित हुने अनुमान गरिएको छ। कुटनीतिज्ञ र अफिसियल भिषा आवेदकहरू भने यो नियमबाट अछुतो रहनेछन्। पढ्न वा घुम्न जानेहरूका लागि भने नयाँ नियम बाध्यकारी हुनेछ।

झुटो विवरण दिनेले गम्भीर परिणाम भोग्नुपर्नेु भन्दै त्यहाँको प्रशासनले सुरक्षाको कारण नयाँ नियम ल्याउनुपरेको जनाएको छ। यसअघि आतंककारी गतिविधि जारी रहेका देशबाट अमेरिकका आवतजावत गर्नेहरूलाई मात्रै अधिक कडाइ गर्ने गरिन्थ्यो।

उक्त नयाँ नियम, प्रस्ताव गरिएको एक वर्षपछि कार्यान्वयनमा आएको हो। डोनाल्ड ट्रम्प सत्तामा आएयता त्यहाँको सरकारले अमेरिका बस्ने र आवतजावत गर्ने विदेशी नागरिकमाथि कडा नीति लिँदै आएको छ।
(एजेन्सी )

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *