Sajhamanch Archive

इंग्ल्याण्ड र पाकिस्तानमा कसले मार्ला बाजी

Published: in खेलकुद, राष्ट्रिय समाचार, विश्व समाचार by .

काठमाण्डौ । एकदिवशीय विश्वकप क्रिकेट अन्तर्गत आज घरेलु टोली इंग्ल्याण्ड र पाकिस्तान नटिङघममा आमने सामने हुँदैछन् । दुईबीचको खेल नेपाली समय अनुसार अपराह्न सवा ३ बजेदेखि सुरु हुनेछ ।

पहिलो खेलमा दक्षिण अफ्रिकालाई १ सय ४ रनले पराजित गरी हौसिएको इंग्ल्याण्ड विश्वकपकै दावेदार टोलीमध्येको हो । एकदिवशीय बरियतामा शीर्ष स्थानमा रहेको इंग्ल्याण्डले घरेलु दर्शक र मैदानको साथ पनि पाएकै छ ।

पहिलो खेलमा वेष्ट इण्डिजसँग १ सय ५ रनमै समेटिएको पाकिस्तानका लागि विश्वकपको सुरुआत निकै नै खल्लो बन्यो ।

सन् १९९२ को विश्वकप विजेता पाकिस्तानको ब्याटिङक्रम त्यस खेलमा निकै कमजोर देखिएको थियो । कप्तान सर्फराज अहमदले पनि ब्याटिङको कमजोरी सुधार गरी बाँकी खेल जित्ने प्रयासमा लाग्ने बताएका थिए ।

दक्षिण अफ्रिकाबिरुद्धको पहिलो खेलमा बेन स्टोक्सले इंग्ल्याण्डको प्रदर्शनको नेतृत्व गरेका थिए । ब्याटिङ, बलिङ र फिल्डिङमा इंग्लिस खेलाडीहरु उत्कृष्ट देखिएका छन् ।

विश्वकप सुरु हुनु १ महिनाअघि मात्रै इंग्ल्याण्डले पाकिस्तानबिरुद्धको पाँच एकदिवशीय खेलको सिरिजमा ४–० को जित हासिल गरेको थियो । त्यसैले सोमबारको खेलमा पनि घरेलु टोली हाबी हुने अनुमान गर्न सकिन्छ ।

पाकिस्तानी टोलीमा मोहम्मद आमीरको प्रदर्शन धेरै हदसम्म निर्णायक बन्नेछ । कमजोर लक्ष्य पछ्याएको वेष्ट इण्डिजको ३ विकेट आमीरले नै झारेका थिए ।

इंग्लिस टोलीबाट ओपनर जोनी बेरिस्टो, जस बटलर तथा बेन स्टोक्सजस्ता अनुभवी र विष्फोटक ब्याट्सम्यानहरुले जितको आधार बनाउन सक्छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *