नेत्रविक्रम चन्द ‘विप्लव’ नेकपा द्धारा सोलुखुम्बु प्रहरी चौकी ‘कब्जा’ प्रयास,
Published:
by .सोलुखुम्बु । नेत्रविक्रम चन्द ‘विप्लव’ नेकपाले सोलुखुम्बु स्थित एक प्रहरी चौकी कब्जाको प्रयास गरेको छ ।
विप्लव समूहले गए राति आइतबार महाकुलुङ गाउँपालिका–३ छेस्कामस्थित प्रहरी चौकी कब्जा गर्ने प्रयास गरेको भए पनि असफल भएको जनाइएको छ ।
मध्यराति १२ बजेतिर २५–३० जनाको विप्लव माओवादीका कार्यकर्ता चौकी पुगेको भए पनि त्यसअघि नै त्यहाँ कार्यरत प्रहरी हतियारसहित बाहिरीसकेकाले चौकी कब्जाको रणनीति असफल भएको प्रहरी स्रोतले जानकारी दिएको छ ।
माओवादी कार्यकर्ता कब्जाको लागि आउँदै गरेको सूचना पाएपछि चौकीमा कार्यरत ७ जना प्रहरी हतियारसहित सुरक्षित स्थानमा गएको जनाइएको छ ।
प्रहरी र माओवादी कार्यकर्ताबीच भेट नभए पनि मध्यान्न १२ बजेदेखि विप्लव कार्यकर्ता विहान ३ बजेसम्म चौकी क्षेत्रमै रहेको जनाइएको छ ।
महाकुलुङ क्षेत्रमा केही दिनदेखि विद्युत नभएका कारण नेपाल टेलिकमद्वारा वितरित सञ्चार सेवा अबरुद्ध भएको मौका छोपेर कब्जाको प्रयास गरिएको अनुमान गरिएको छ ।
यता जिल्ला प्रशसन कार्यालयमा सुरक्षा समितिको वैठक बसिरहेको प्रमुख जिल्ला अधिकारी नरेन्द्र रानामगरले जानकारी दिएका छन् ।
उनले यसबारे अहिले नै केहि कुरा भन्न नसकिने बताएका छन् । प्रदेश र जिल्लाबाट नेपाली सेना र प्रहरीको टोली सो क्षेत्रमा हेलिकप्टर मार्फत पुगिसकेका छन् । छेस्काम सदरमुकाम सल्लेरीदेखि करीब २५ कोषको दूरीमा पर्छ ।
Comments