सोलुखुम्बुमा विप्लवको चौकी आक्रमणको प्रयासः हेलिकोप्टरबाट थप सुरक्षाकर्मी पठाइयो
Published: (Updated: )
by .काठमाडौं । विप्लव समूहको आक्रमणको डरले चौकी छाडेर प्रहरी भागेको सोलुखुम्बुको महाकुलुङमा हेलिकोप्टरबाट थप सुरक्षाकर्मी पठाइएको छ ।
काठमाडौं र विराटनगरबाट हेलिकोप्टरमा नेपाल प्रहरी र सशस्त्र प्रहरी पठाइएको हो । आइतबार राति विप्लव समूहका कार्यकर्ताको आक्रमणको डरले महाकुलुङमा प्रहरीहरु चौकी छाडेर भागेका थिए ।
नेपाली सेनाको जंगी अड्डा स्रोतका अनुसार घटनापछि हेलिकोप्टरमार्फत प्रहरी र सशस्त्रको थप मद्दत टोली सोलुखुम्बु पठाइएको हो । सेनाको हेलिकोप्टर प्रयोग गरेर करिब ५० जना सुरक्षा अधिकारीलाई महाकुलुङ गाउँपालिका पठाइएको जनाइएको छ । ‘काठमाडौं र विराटनगरबाट नेपाल प्रहरी र सशस्त्रको विपदको टोली पठाई सकिएको छ’, सैन्य स्रोतले भन्यो ।
Comments