Sajhamanch Archive

फेसबुकको मुख्यालय अगाडि नग्न प्रदर्शन

Published: in राष्ट्रिय समाचार, विश्व समाचार by .

न्यूयोर्कस्थित फेसबुकको मुख्यालय अगाडि सयौं मानिसले नग्न भएर विरोध प्रदर्शन गरेका छन् ।

उनीहरुले फेसकुबको सेन्सरसिपविरुद्ध मुख्यालय अगाडि नग्न प्रदर्शन गरेका हुन् । फेसबुक र फेसबुकको मातहतमा रहेको अर्को एप इन्स्टाग्रामले ‘कलात्मक नग्नता’ लाई आफ्नो सामाजिक सञ्जालमा प्रतिबन्ध लगाएपछि मानिसहरुले आतइबार न्युयोर्कस्थित मुख्यालयमा नग्न प्रदर्शन गरिएको हो ।

प्रदर्शनकारीहरु नग्न भएर सडकमै सुतेको सीएनएनले जनाएको छ । ‘ह्यासट्याग विदिनिप्पल’ को नाममा प्रदर्शन गरिएको हो । अन्तर्राष्ट्रिय कलाकार स्पेन्सर टुनिकको आह्वानमा प्रदर्शनको आयोजना गरिएको थियो ।

प्रदर्शनकारीले नग्नताले सहजता झल्काउँछ भने त्यसलाई नग्नता भन्न नहुने तर्क गरेका छन् । महिलावादी संस्था ‘ग्य्राब देम बाइ दि ब्यालोट’ ले समेत प्रदर्शनमा भाग लिएका थिए ।

फेसबुक र इन्स्टामा हाल नग्न तस्बीरलाई प्रतिबन्ध लगाइएको छ । फेसबुकले भनेको छ, ‘हामीलाई थाहा छ कतिपय समयमा मानिसहरु नग्न तस्बीर कला र सिर्जनात्मक रुपमा सन्देश दिनका लागि प्रयोग गर्छन् । तर हाम्रो नियम अनुसार नग्न तस्बीर प्रतिबन्ध छ ।’

नग्न तस्बीरले कतिपय समाजमा गम्भिर अवस्था निम्ताउने भएका कारण त्यस्ता तस्बीरलाई प्रतिबन्ध लगाइएको फेसबुकको भनाइ छ ।

प्रदर्शनकारीले नग्नता संवादको एक पाटो भएको बताउँदै यसलाई प्रतिबन्ध गर्न नहुने तर्क गरेका छन् । सीएनएन

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *