Sajhamanch Archive

स्पेनमा बस्ने ठग नेपालमा ठगिने युवती

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by .

काठमाडौं। सामाजिक सञ्जालको माध्यमबाट खास गरी युवतीलाई सम्पर्क गरी युरोप, अमेरिका पठाउने भन्दै लाखांै रुपियाँ संकलन गरेर सिन्धुपाल्चोकका एक युवा स्पेन पलायन भएका छन् ।

विभिन्न नाममा नक्कली विद्युतीय ठेगाना (आईडी) खोलेर युवतीहरूलाई विदेशमा राम्रो अवसर छ भन्दै शृंखलाबद्धरूपमा ठगी गर्दै आएका सिन्धुपाल्चोक पटाप घर भई केही समयअघिसम्म जोरपाटी बस्दै आएका ती व्यक्तिको नाम हो कृष्ण दंगाल । उनी हाल स्पेनको पाइसभास्को राज्यको प्रोभेन्सियाको बिलवाउमा बस्दै आएको बुझिएको छ ।

विशेष गरी अविवाहित युवती र श्रीमान् नेपाल नभएका महिलाहरूसंँग सामाजिक सञ्जालमार्फत साथी बनाउने तथा आफू स्पेनमा बस्दै आएको र स्पेनमा रोजगारीका लागि कुनै समस्या नभएको भन्दै ठगी गरेको तथ्य फेला परेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) ले जनाएको छ । नेपाल समाचारपत्रबाट ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *