Sajhamanch Archive

वायु प्रदूषणले विश्वभरीमा वर्षेनी ७० लाखको ज्यान जोखिममा

Published: (Updated: ) in राष्ट्रिय समाचार, विश्व समाचार by .

काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्सले वायु प्रदूषणका कारण विश्वभरीमा वर्षेनी ७० लाख मानिसको मृत्यु भइरहेको जनाएका छन् ।

यसले बालबालिकाको विकासमा अप्ठेरो भइरहेको र अर्थतन्त्रलाई क्षति गरिरहेको तथा विश्वव्यापी रुपमा मौसमको आपतकालको अवस्था ल्याएको जनाएका छन् ।

विश्व वातावरण दिवसको अवसरमा एक भिडियो सन्देश दिँदै उनले सो कुरा बताएका हुन् । ठूलो शहर देखि सानो वस्ती सम्मपनि प्रदूषण बढेको उनले उल्लेख गरेका छन् ।

मानिसहरुले स्वासप्रश्वासमा फोहोर वायु प्रयोग भइरहेको तथा त्यसले मानिसको आयु समेत घटाइरहेको जनाएका छन् । विश्व बैंकका अनुसार वर्षेनी वायु प्रदूषणको मूल्य ५ ट्रिलियन डलर सम्म परिरहेको छ ।

त्यसबाट बच्न कोल फायर्ड पावर प्लान्ट विस्थापित गर्नुपर्ने, कम प्रदूषण निम्त्याउने उद्योगको प्रवर्द्धन, पुनर्नवीकरणीय उर्जाको प्रयोग जस्ता कुरामा ध्यान दिनुपर्ने उनले जनाएका छन् ।

उनले ग्रे इकोनोमी होइन गृन इकोनोमीतर्फ विश्व अघि बढ्नुपर्ने कुरामा पनि सबैको ध्यानाकर्षण गराएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *