Sajhamanch Archive

सुडानमा प्रदर्शनकारीमाथि सेनाको गोली, ६० को मृत्यु

Published: in राष्ट्रिय समाचार, विविधा, विश्व समाचार by .

सुडानमा जारी आन्दोलनमा सैनिकले गोली चलाउदा मृतकको संख्या ६० पुगेको छ। उपचारमा संलग्न चिकित्सकहरूका अनुसार राजधानी खार्तुममा प्रदर्शनकारीलाई तितरवितर पार्न सैनिकले गोली चलाएको थियो।

बीबीसीकाअनुसार अन्तरिम सैन्य सरकारलाई बर्खास्त गरेर नागरिक प्रतिनिधिलाई सरकारको नेतृत्व हस्तान्तरण गर्नुपर्ने माग राख्दै प्रदर्शन भइरहेको छ। पछिल्लो दुई दिनमा भएको गोलीबारीमा ६० जनाको मृत्यु भएको हो। प्रदर्शनकारीमाथि सैनिक बल प्रयोग भएपछि अन्तर्राष्ट्रिय समुदायले सैनिक नेतृत्वको सरकारको आलोचना गरेको थियो।

बेलायत, जर्मनी, युरोपियन युनियन र संयुक्त राष्ट्रसंघले सुडानको सैन्य सरकारले प्रदर्शनकारीमाथि अनावश्यक बल प्रयोग गरेको भन्दै आलोचना गरेका थिए। प्रदर्शनकारीले सैनिक हेडक्वाटर अगाडि प्रदर्शन गरिरहेका छन्। गत महिनादेखि नै प्रदर्शन जारी रहेको छ। ओमर अल बसिर ३० वर्षदेखि सुडानको शासनमा थिए।

उनलाई सैन्य कू मार्फत सत्ताच्यूत गरिएको थियो। बसिर सत्ताबाट बाहिरिएसँगै त्यहाँ प्रदर्शन भइरहेको हो। केही पहिले त्यहाँका नेता र सैन्य नेतृत्वबीच तीन वर्षभित्र चुनाव गराएर सैनिक नेतृत्वले सत्ता हस्तान्तरण गर्ने सहमति भएको थियो। सोमबार सेनाले प्रदर्शनकारीलाई सैनिक हेडक्वाटरबाट बलपूर्वक हटाउन खोजेपछि हिंसा भएको थियो।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *