Sajhamanch Archive

हङकङमा विरोध प्रदर्शनको तयारी

Published: in राष्ट्रिय समाचार, विश्व समाचार by .

हङकङ । हङकङबाट चीनले चाहेको मानिसलाई पक्राउ गरेर लग्न सक्ने व्यवस्थासहितको नयाँ कानुन आउन लागेपछि त्यसको विरोध गर्दै आज हङकङमा बृहत् विरोध प्रदर्शन हुने भएको छ ।

नयाँ कानुन अनुसार चीनले हङकङबाट राजनीतिक वा व्यापारिक कारणले जो कोहीलाई पक्राउ गर्न सक्ने अवस्था देखिएको छ ।

यसले हङकङको अर्धस्वायत्त कानुनी प्रणालीलाई कम आँकेको आन्दोलनमा उत्रिएकाहरुले आरोप लगाएका छन् । यसलाई लिएर अमेरिका र युरोपेली संघ ( इयु)  ले पनि हङकङ सरकारको विरोध गरेका छन् ।

सरकारले भने नयाँ ऐन अहिले रहेका शून्यतालाई पुर्न भएको जनाएको छ ।
(सीएनएन)

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *