Sajhamanch Archive

सलमानको नयाँ तस्बिरले बलिउडमा खलबली

Published: in टिप्स/जानकारी, राष्ट्रिय समाचार, विश्व समाचार by .

एजेन्सी । सलमान खान यतिबेला फिल्म भारतको सफलताको उत्सव मनाइरहेका छन्।

यसैबीच सलमान खानक एक ट्वीटले उनका फ्यानमा उत्सुकता बढाएको छ । सलमान खानको नयाँ ट्वीटले कुनै नयाँ प्रोजेक्टतर्फ इशारा गरेको छ ।

सलमान खानले आइतबार आफ्नो ताजा तस्बिर सेयर गरेका छन् । यसमा उनले लेखेका छन्, केही नयाँ आइरहेको छ । तस्बिरमा सलमान खान एक कुर्सीमा बसेको देखिएका छन् । उनको पछाडिबाट लाइट आएको देखिन्छ ।

सलमान एक मुभिङ कुर्सीमा बसेको देखिएपछि धेरै नयाँ प्रोजेक्ट आउन लागेको दाबी गरेका छन् । धेरैले भारत फिल्मको सफलतासँगै सलमान बिग बोस १३ को तयारीमा लागेको अन्दाज गरिएको छ ।

ब‍िग बोसको सिजन १३ को तयारी भइसकेको छ । अहिले नयाँ सिजनमा सहभागीहरुको छनोट चलिरहेको छ । यसैबीच सलमान खानको ताजा तस्विरलदे ब‍िग बोस १३ को सुरुवाततर्फ इशारा गरेको अनुमान गरिएको छ ।

सलमानले आफ्ना फ्यानका लागि नयाँ के लिएर आए धेरैलाई यो चासोको विषय बनेको छ । सलमान खान अहिले फिल्म भारतको सफलताबाट उत्साहित र खुसी छन् । फिल्मले चार दिनमा १ अर्ब २२ करोड रुपैयाँ कमाइसकेको छ ।

फिल्ममा सलमानको इमोसनका साथै कटरिना र सुनिल ग्रोवरको भूमिकालाई दर्शकले मन पराएका छन् । भारतपछि सलमान खान दबङ्ग ३ मा व्यस्त भएका छन् । अहिले यो फिल्मको धमाधम सुटिङ भइरहेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *