निजी आवास पुनर्निर्माणका लागि भारतको डेढ अर्ब सहयोग
Published:
by .काठमाडौं । भारत सरकारले गोरखा र नुवाकोटमा भूकम्प पश्चात्को निजी आवास पुनर्निर्माणका लागि सहयोग गरेको छ ।
भारतीय राजदूत मञ्जीवसिंह पुरीले अर्थमन्त्री डा. युवराज खतिवडालाई १ अर्ब ६० करोड रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् । सहयोग रकम भूकम्पपछि भारतले घोषणा गरेको सहयोगको एक हिस्सा हो ।
भारतले निजी आवास, अस्पताल, विद्यालय, ऐतिहासिक सम्पदा र अन्य भौतिक संरचनाको पुनर्निर्माण गर्न १ अर्ब अमेरिकी डलर सहयोग गर्ने घोषणा गरेको थियो ।
यसअघि सन् २०१८ मा भारतले पुनर्निर्माणको लागि २ अर्बभन्दा बढी आर्थिक सहयोग गरिसकेको छ ।
Comments