Sajhamanch Archive

किम जोङ उनको सुन्दर पत्र

Published: in राष्ट्रिय समाचार, विश्व समाचार by .

 वाशिङ्टन । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली शासक किम जोङ उनको अत्यन्तै सुन्दर पत्र प्राप्त भएको बताएका छन् ।

ह्वाइट हाउसमा उनले किमको सुन्दर पत्र आफूलाई प्राप्त भएको बताए पनि पत्रमा लेखिएको सन्देश भने खुलाएनन् ।
किममाथि विश्वास कायम राख्ने संकेत गर्दै ट्रम्पले उत्तर कोरियाली शासकले आफ्नो कुरा कायम राख्नुपर्ने बताए ।

ट्रम्पले उत्तर कोरियाली शासक किम र आफूबीच प्रेम गाँसिएको समेत बताए । भियतनामको हनोईमा गत फेब्रुअरीमा सम्पन्न शिखर वार्ता असफल भएको बारेमा अनेक अनुमान भइरहँदा ट्रम्पले आफू तेस्रो शिखर बैठकका लागि तयार रहेको बताए ।

उनले उत्तर कोरियासँगको कूटनीतिक सम्बन्धमा सफलता मिलेको दाबी गर्दै कुराकानी सही दिशामा अगाडि बढी रहेको जिकिर गरे ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *