Sajhamanch Archive

सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तर सुधारका लागि कसियो कमल गाउँपालिका

Published: (Updated: ) in राष्ट्रिय समाचार, by .

कमल । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि बुधबारबाट झापाको कमल गाउँपालिकाले अन्तरक्रिया सुरु गरेको छ ।
सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर खस्किएको भन्ने चौतर्फी आलोचना भइरहेको बेला गाउँपालिकाले विद्यालयहरुमा अन्तक्रिया सुरु गरेको हो ।

कमल गाउँपालिका वडा नम्बर ३ स्थित शहिद धर्मभक्त माध्यमिक विद्यायलबाट अन्तरक्रिया सुरु गरिएको जनाएको छ ।
अन्तरक्रियामा कमल गाउँपालिकाका जनप्रतिनिधि, अविभावक, शिक्षक, वालक्लवका विद्यार्थी, शिक्षक अविभाव संघ, विद्यालय व्यवस्थापन समिति बीच शैक्षिक अन्तरक्रिया गरेको हो ।

गाउँपालिकामा भित्र जम्मा २१ सामुदायिक विद्यालय छन् । अन्तरक्रियाका क्रममा उत्कृष्ट विद्यार्थीका आमालाई आमा समूहकी अध्यक्ष बनाउने, विद्यार्थीहरुलाई नियमित विद्यालय पठाउन अभिभावकले वातावरण बनाउनु पर्ने गाउँपालिका अध्यक्ष मेनुका काफ्लेले बताईन् । विद्यायलयको शैक्षिक गुणस्तर सुधार गर्न अविभावक, शिक्षक स्टाफ र विद्यार्थी एक आपसमा मिलेर अगाडी बढ्नु पर्छ अनिमात्र शैक्षिक गुणस्तर सुधार्न सकिन्छ, शिक्षा शाखा प्रमुख भोलानाथ दाहाल भने । शैक्षिक सुधार गर्न एक्लो प्रयासले मात्र नहुने भएकाले विद्यालयमा अभिभावकको पनि चासो र अनुगमन गर्नु पर्ने उनको भनाई थियो ।

विद्यालयले वार्षिक क्यालेण्डरका आधारमा आफ्ना कार्यक्रम संचालन गरि गाउँपालिका स्तरीय शिक्षा समितीले बेलाबेलामा विद्यालयको अनुगम गरेमा शैक्षिक गुणस्तर सुधार हुने कमल गाउँपलिका शिक्षा समिति सदस्य राजन ढुङ्गाना बताए ।
विद्यार्थीहरुको भावना अनुरुप विद्यालयले शैक्षिक गतिविधी नगरेको कारणले पनि विद्यार्थीको पढाईमा समस्या भएको कमल वाल सन्जालकी अध्यक्ष प्रितिका सुवेदीले बताईन् ।

विद्यार्थीको शैक्षिक योग्यता मापन गरेर सोही अनुसारको शिक्षा प्रदान गर्नु पर्ने शहिद धर्मभक्त माध्यमिक विद्यालयका शिक्षक अविभावक संघका अध्यक्ष लेखनाथ खतिवडाले बताए ।

शिक्षकले नपढाएका कारण शैक्षिक गुणस्तर खस्किएको भन्ने आरोप खेपिरहेका शिक्षकले बाहिरबाट हेर्दा जति देखिन्छ भित्र त्यस्तो नभएको शहिद धर्मभक्त माध्यमिक विध्यालयका प्रधानाध्यापक काजिमान पौडेलले बताए ।

शैक्षिक गुणस्तर सुधार गर्न शिक्षक, अविभावक र विद्यार्थी सबैको उत्तिकै भुमिका हुन्छ । एकले अर्कालाई आरोप प्रत्यारोप गर्नु भन्दा पनि सबै सँगै मिलेर अगाडी बढ्ने हो भने शैक्षिक गुणस्तर सुधार गर्न सकिने अन्य सहभागीहरुको भनाई थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *