Sajhamanch Archive

भारतलाई पाकिस्तानले दियो महत्वपूर्ण सूचना

Published: in राष्ट्रिय समाचार, विश्व समाचार by .

नयाँ दिल्ली । पाकिस्तानले भारतसँग एक महत्वपूर्ण सूचना दिएको दावी गरिएको छ । काश्मीरको पुलवामा जिल्लाको अवंतीपुरामा आक्रमणको आशंका रहेको सूचना पाकिस्तानले भारतलाई दिएको हो ।

इण्डियन एक्सप्रेसका अनुसार श्रीनगरका एक वरिष्ठ अधिकारीले पाकिस्तानबाट सो सूचना पाइएको जनाएका छन् । सो जानकारीका अनुसार आइएडीबाट लादिएको कुनै वाहनको माध्यमबाट हमलाको प्रयास भएको जनाइएको छ ।

यसपछि जम्मु—काश्मीरमा अलर्ट जारी गरिएको र सुरक्षा व्यवस्था कडा पारिएको छ । यो वर्ष फेब्रुवरीमा पुलवामामा सीआरपीएफ जवानमाथि भएको हमलामा ४० जनाको मृत्यु भएको थियो ।

कीर्गिस्तानको विस्केकमा भएको संघाई कोअपरेसन अगनाइजेसन (एसइिओ)को सम्मेलनमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र चीनका राष्ट्रपति सी जिनपिङ्गबीचको बैठकमा पाकिस्तानका तर्फबाट आतंकवादका बारेमा सकारात्मक पहल हुनुपर्ने कुरामा जोड दिइएको थियो ।

उता पाकिस्तानका विदेशमन्त्री शाह महमूद कुरैशीले उनको देशले समानताको आधारमा र सम्मानजनक तरिकाबाट भारतसँग वार्ता गर्ने जनाएका छन् ।

पाकिस्तानको टिभी च्यानल जीयो न्यूजलाई दिएको अन्तर्वार्ताका क्रममा कुरैशीले सो कुरा बताएका हुन् ।

( बीबीसी )

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *