Sajhamanch Archive

अर्जेन्टिना पहिलो खेलमै स्तब्ध

Published: in खेलकुद, राष्ट्रिय समाचार, विश्व समाचार by .

काठमाडौं । अर्जेन्टिना कोपा अमेरिका फुटबलको पहिलो खेलमै पराजित भएको छ ।

ब्राजिलमा जारी प्रतियोगितामा आइतबार बिहान भएको खेलमा अर्जेन्टिना कोलम्बियासँग २–० गोलअन्तरले पराजित भएको हो । कोलम्बियाको जितमा रोजर मार्टिनेज र डुभान जापटाले समान १–१ गोल गरे ।

पहिलो हाफमा दुवै टिमले गोलरहित बराबरी खेलेका थिए । तर दोस्रो हाफमा कोलम्बियाले उत्कृष्ट प्रदर्शन गर्दै दुई गोल गर्न सफल भयो । खेल आफ्नो पकडमा राखे पनि अर्जेन्टिनाले कोलम्बियालाई हराउन सकेन ।

खेलको ७१औं मिनेटमा मार्टिनेजले गोल गर्दै कोलम्बियालाई अग्रता दिलाएका थिए । खेलको ८६ औं मिनेटमा कोलम्बियाले अर्को गोल गर्न सफल भयो ।

यो पटक भने जापटाले गोल गर्दै कोलम्बियालाई दोब्बर अग्रता दिलाए । बाँकी समयमा दवै टिमले गोल गर्न नसकेपछि खेल कोलम्बियाले २–० को जित निकालेको हो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *