Sajhamanch Archive

मेचीनगर नगरपालिकाले दियो २ सय ५२ जनालाई रोजगार

Published: in राष्ट्रिय समाचार, स्थानीय तह, by .

मेचीनगर । मेचीनगर नगरपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत २ सय ५२ जनाले रोजगारी पाएका छन् । रोजगार संयोजक कृपा रेग्मीका अनुसार रोजगारीका लागि नगरभित्रबाट ४ हजार १ सय ६७ वटा आवेदन परेको थियो । जसमा २ सय ५२ जना रोजगार कार्यक्रमको मापदण्ड अनुसार छनोट भएको रोजगार संयोजक रेग्मीले जानकारी दिईन् ।

नगरपालिका प्रेस संयोजक लक्ष्मी उप्रेतीका अनुसार सवैभन्दा बढी नगरको २ नम्बर वडाबाट ४६ र कम्ति ६ नम्बर वडाबाट २ जनाले रोजगार प्राप्त गरेका छन् । यसैगरी १ बाट १०, ३ बाट ३८, ४ बाट १९, ५ बाट ३२, ७ बाट २७, ८ बाट १३, ९ बाट १४, १० बाट ६, ११ बाट ७, १२ बाट ४, १३ बाट १०, १४ बाट १८ र १५ बाट ६ जनाले रोजगारको अवसर प्राप्त गरेका छन् । उनीहरुले नगरपालिकाकातर्फबाट ३० दिनका लागि रोजगार प्राप्त गरेका हुन् ।

एकापरिवारका सदस्यले सामाजिक सुरक्षा भत्ता नलिएको, बैदेशिक रोजगारीमा नगएको, कुनै व्यापार व्यवसायमा संलग्न नभएको र सरकारी जागीर नखाएको परिवारलाई पहिलो प्राथमिकता दिएर रोजगारमा सामेल गराउने सरकारी योजना अनुसार रोजगार प्रदान गरिएको हो ।

सोमाबार मेचीनगर नगरपालिकाको १४ नम्बर वडा कार्यालयमा एक कार्यक्रम आयोजना गरी श्रमिकलाई कामको लागि आवश्यक पर्ने सामाग्री प्रदान गरिएको छ । श्रमिकलाई ज्याकेट, हेल्मेट, फरुवा, बेल्चा, ठेला गाडी, मार्तल, आरी जस्ता सामाग्री नगरप्रमुख विमल आचार्य, उपप्रमुख मीना पोखरेल उप्रेती, कार्यपालिका सदस्य कृष्ण कनाल, १४ नम्बर वडाका वडाध्यक्ष शंकरप्रसाद पोखरmे सामुदायिक विकास अधिकृत अनन्तप्रकाश वस्तीले प्रदान गरेका थिए ।

श्रमिकले नगर भित्रका सडक मर्मत, बजार क्षेत्र सरसफाई, तटबन्धन गरिएको स्थानमा बृक्षारोण गर्ने,पर्यटकीय तथा सार्वजनिक स्थलहरुका झाडी–फोहोर सरसफाइ गर्ने, सार्वजनिक भवनहरुको रंगरोगन गर्ने कार्यहरु गर्ने छन् । श्रमिकले दैनिक ५ सय १७ रुपैयाँ प्राप्त गर्ने नगरपालिकाले जनाएको छ । यो कार्यक्रम सञ्चालन गर्न संघीय, प्रदेश र स्थानीय सरकारबीच त्रिपक्षीय सम्झौता भइसकेको छ । बेरोजगारको विवरण अध्यावधि गरिसकेपछि नगरपालिकाले योजना छनोट गरी काम प्रदान गरेको हो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *