Sajhamanch Archive

विधेयकको विरोध गर्दै हङकङमा विशाल प्रदर्शन

Published: in राष्ट्रिय समाचार, विविधा, विश्व समाचार by .

हङकङ। सुपुर्दगीसम्बन्धी विवादास्पद विधेयकको विरोध गर्दै हङकङमा विशाल प्रदर्शन भएको छ ।

सरकारले विवादास्पद विधेयक स्थगित गरेको भए पनि खारेज नै गर्नुपर्ने माग गर्दै प्रदर्शन भएको हो । करिब २० लाख सहभागी भएको भनिएको प्रदर्शन हङकङको इतिहासमै सबैभन्दा ठूलो प्रदर्शन भएको मानिएको हो ।

प्रहरीले भने ३ लाख ३८ हजार मानिस विरोधमा सहभागी भएको जनाएको छ । प्रदर्शनकारीहरुले कार्यकारी प्रमुख क्यारी लामको राजीनामा समेत माग गरेका छन् । भिक्टोरिया स्क्वायरमा भेला भएर प्रदर्शनकारीले सरकारविरोधी नारा लेखिएका प्लेकार्ड बोकेर नाराबाजी गरेका थिए ।

उनीहरुले हङकङका नागरिकलाई चीन सुपुर्दगी गर्ने प्रावधान भएको विधेयक खारेज नगरेसम्म प्रदर्शन नरोकिने चेतावनी दिएका छन् ।

विधेयकको विषयमा प्रदर्शन चर्किँदै गएपछि गत शनिबारमात्रै हङकङका प्रमुख कार्यकारी क्यारी लामले तत्कालका लागि सुपुर्दगी विधेयक स्थगन गर्ने घोषणा गरेकी थिइन् । यद्यपी प्रदर्शनकारीहरुले भने प्रदर्शनको मुख्य जिम्मेवार क्यारी लाम नै भएको भन्दै उनको राजीनामा माग गर्दै आएका छन् । (एजेन्सी)

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *