Sajhamanch Archive

नेपाल चिनाउन जापानको नागोयामा फेस्टिबल

Published: in टिप्स/जानकारी, राष्ट्रिय समाचार, विश्व समाचार by .

जापान । जापानको नागोयामा पहिलोपटक नेपाल फेष्टिबल सम्पन्न भएको छ ।

जापानीहरुलाई नेपाली कला, संस्कृति तथा मौलिक पहिचानबारे जानकारी दिन त्यहाँ रहेका नेपालीहरुले फेस्टिबल आयोजना गरेका हुन् ।

नेपालको पर्यटन प्रबन्धक गर्ने उद्देश्यका साथ आयोजित फेष्टिबलको जापानका लागि नेपाली राजदूत प्रतिभा रानाले उद्घाटन गरेकी थिइन् ।

फेष्टिवलमा आइची प्रिफेक्चरका गभर्नर ओमुरा हिदेयककी, नेपाली राजदूत उपनियोग उपप्रमुख कृष्णचन्द्र अर्याल, एनआरएनएका अध्यक्ष भवन भट्ट, उपाध्यक्ष कुमार पन्त लगायत एनआरएनका विभिन्न पदाधिकारीलगायतको उपस्थिति थियो ।

फेस्टिवलका क्रममा नेपालीहरुले बाजागाजासहित विभिन्न जातीय पोशाकमा सजिएर नृत्य तथा झाँकी प्रदर्शन गरेका थिए । फेस्टिवलमा नेपाली खानाका स्टल १२ राखिएको थियो । नेपालको प्रचारप्रसार गर्न अन्य विभिन्न स्टलहरु पनि राखिएको थियो ।

फेष्टिवलमा जापनिज नागरिकहरूका साथै नेपालीहरूको उल्लेख्य उपस्थिति रहेको आयोजकले जनाएका छन् ।
फेष्टिवलको मुख्य आकर्षणका रुपमा राखिएको २ तलाको नेपाली बाटुले घरमा फोटो खिच्नेको भीड नै लागेको थियो ।

जापानी नागरिकलाई नेपाल चिनाएर भ्रमण वर्ष २०२०मा निमन्त्रणा गर्न कार्यक्रम आयोजना गरिएको कार्यक्रम संयोजक पारसमणि पोखरेलले जानकारी दिए ।

अबदेखि प्रत्येक वर्ष नागोयामा नेपाल फेष्टिवललाई निरन्तरता दिने उनले बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *