बिर्तामोड क्षेत्रका विद्यार्थीहरुलाई लागु औषध सचेतना तालिम
Published:
by .बिर्तामोड । नारी कल्याण समाज बिर्तामोडको आयोजना तथा बिर्तामोड नगरपालिका वडा नं. ५ को आर्थिक सहयोगमा आज बिर्तामोडमा लागुऔषध दुव्र्यसन विरुद्ध सचेतना कार्यक्रम गरिएको छ ।
संस्थाका अध्यक्ष प्रेमा भट्टराईको अध्यक्षतामा आयोजित कार्यक्रमको उद्घाटन बिर्तामोड नगरपालिका वडा नं. ५ का वडाध्यक्ष राजेन्द्र लिङ्देनले गरिदिएका थिए ।
उक्त तालिमको सहजीकरण पवन बिष्टले गरेका थिए । तालिममा विद्यार्थीहरुलाई लागु औषध सेवनबाट हुने खतरा र यसबाट बच्ने उपायका बारेमा प्रस्ट पारेका थिए । तालिममा बिर्तामोड नगर क्षेत्रका सामुदायिक तथा निजी विद्यालयका विद्यार्थीहरुको सहभागिता रहेको थियो ।
सो तालिममा देवी माविका प्रधानाध्यापक अम्बिका श्रेष्ठ, इलाका प्रहरी कार्यालय बिर्तामोडका डिएसपी मोहनकुमार थापा, सुनचाँदी व्यवसायी संघ झापाका अध्यक्ष राजु धमलाले मन्तव्य राखेका थिए ।
तालिमको औचित्य माथि समाजका सचिव कमला थापा मगरले प्रकाश पारेकी थिइन् ।
कार्यक्रमको सञ्चालन समाजका सहसचिव समिता उपे्रतीले गरेकी थिइन् भने आमन्त्रितहरुलाई समाजका सदस्य चन्द्रा सेढाईले मन्तव्यबाट स्वागत गरेकी थिइन् ।
Comments