Sajhamanch Archive

कलङ्की मालपोत नमुना कार्यालय घरमै बसेर पनि सेवा पाइने

Published: in मिडियाबाट साभार, राजनीति, राष्ट्रिय समाचार by .

काठमाडौं।घरजग्गाको कारोबार गर्दा सेवाग्राहीले महिनौँसम्म मालपोतका कोठा÷कोठा धाउनुपर्ने अवस्था अन्त्य भएको छ ।

नमुना मालपोत कार्यालय कलङ्कीबाट अब सेवाग्राहीले घरमै बसेर आफ्नो घरजग्गाको विस्तृत विवरण पाउन सक्नेछन् ।

कुनै पनि जग्गाधनीले मालपोत कार्यालयबाट युजर नेम र पासवर्ड लिएर आफ्नो घरजग्गाको स्टेटमेन्ट जहाँसुकैबाट हेर्नसक्ने व्यवस्था मिलाइएको छ ।

घरैमा बसेर इन्टरनेटबाट लिखत तयार पारी अनलाइनबाटै विवरण पेस गर्न सक्ने व्यवस्था मिलाइएको जानकारी दिँदै भूमि व्यवस्थापन तथा अभिलेख व्यवस्था विभागका महानिर्देशक गोकर्णमणि दुवाडीले भने, “सक्कल कागजात लिएर जग्गा लिने र दिने मात्र कार्यालय आएर सेवा दिनसक्ने प्रणाली ल्याइएको छ । सेवाग्राहीले कम समयमा सेवा लिन सक्ने छन् ।

गोरखापत्र दैनिकबाट।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *