गाउँलेले पानी पिउनका लागि खनेको कुवामा आगो लागेपछि…
Published: (Updated: )
by .एजेन्सी। आगो लागेपछि कुवा खन्नु यो उखान तपाईहरुले सुन्नुभएकै होला । तर पानीका लागि खनिएको कुवामै आगो लागेपछि भने यो उखानको पनि अर्को अर्थ खोज्ने बेला आएको छ ।
मध्य चीनमा अवस्थित साङ्क्सी प्रान्तको अन्साई गाउँमा स्थानीयले ताजा पानीका लागि धेरै मेहनत र पैसा खर्चेर खनाए । तर कुवाबाट निस्कने पानी यति धेरै प्रदुषित छ कि आगो नै लाग्न थालेको छ।
गाउँका बासिन्दाका अनुसार कुवा खन्ने क्रममै त्यहाँबाट पेट्रोलको गन्ध आइरहेको थियो । गाउँलेले पेट्रोल स्टेशनबाट भएको चुहावटका कारण पानीमै आगो सल्केको अनुमान गरेका छन् ।तर पेट्रोल स्टेशनका मालिकले भने यो कुराको ठाडै अस्वीकार गर्दै आएका छन् । स्थानीय अधिकारीका अनुसार भूमिगत तेल भण्डार ७५० मिटरदेखि ४५ सय मिटरको बीचमा हुन्छ ।
यहाँ त केबल ४६ मिटर गहिरो कुवामै तेल हुने सम्भावना कम छ । अधिकारीहरुले यसको जाँच थालिसकेका छन् । पिपुल डेली अनलाइनका अनुसार चीनमा रहेका ७० प्रतिशत बढी नदी प्रदुषित रहेका छन् । कारखानाबाट निक्लने घातक कच्चा र दुषित पानीका कारण चीनका नदीहरु नराम्ररी प्रदुषित भएका हुन् ।
Comments