नेपाल प्रहरी र विप्लव समूहका कार्यकर्ताबीच भिडन्त्,एक कार्यकर्ताको मृत्यु
Published: (Updated: )
by .सर्लाही । सर्लाहीको लालबन्दीमा नेपाल प्रहरी र विप्लव समूहका कार्यकर्ताबीच गोली हानाहान भएको छ ।
प्रहरीको गोली लागेर विप्लवका एक कार्यकर्ताको मृत्यु भएको केन्द्रीय प्रहरी प्रवक्ता विश्वराज पोखरेलले जानकारी दिएका छन् ।
प्रहरीका अनुसार मारिनेमा कुमार पौडेल रहेका छन् । पौडेल ‘विप्लव’ समूहको सर्लाही जिल्ला इञ्चार्ज रहेको प्रदेश–२ प्रहरी कार्यालयका एसपी सन्तोष खड्काले जानकारी दिए । घटनास्थलमा जिल्लाबाट प्रहरी टोली गएको र थप विवरण आउन बाँकी रहेको उनको भनाइ छ ।
पौडेलको साथबाट पेस्तोल र गोली बरामद भएको प्रहरीले बताएको छ ।
यसअघि भोजपुरको टेम्केमैयुङ्ग गाउँपालिका–२ स्थित मैयुङ्ग क्षेत्रको धोद्रे जङ्गलमा प्रहरीको गोली लागेर विप्लव कार्यकर्ता तीर्थराज घिमिरेको मृत्यु भएको थियो ।
Comments