कोटेश्वरमा दिनदहाडै चक्कु प्रहार
Published:
by .काठमाडौं । राजधानीको कोटेश्वरमा आज (बिहीबार) दिनदहाडै चक्कु प्रहार भएको छ ।
कोटेश्वर प्रहरीका अनुसार बिहीबार दिउँसो कोटेश्वर भन्दा अगाडि जडीबुटीमा डिम्पल घिसिङले चक्कु प्रहार गरेका हुन् ।
महानगरीय प्रहरी परिसद टेकुका प्रवक्ता डिएसपी होविन्द्र बोगटीका अनुसार घिसिङले सुरेश बुढाथोकीलाई चक्कु प्रहार गरेका हुन् ।
चक्कु प्रहारबाट गम्भीर घाइते बुढाथोकीलाई उपचारका लागि वीर अस्पताल लगिएको छ ।
घिसिङलाई कोटेश्वर प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरु दुबै पाकेटमार भएको प्रहरीले बताएको छ ।
Comments