समता अस्पतालमा कर्मचारी मृत्यु प्रकरण
Published:
by .काठमाडौं । काठमाडौंको बौद्धमा रहेको समता अस्पतालमा कार्यरत सरसफाई कर्मचारी विमला तामाङको रहस्यमय मृत्युको विषयलाई लिएर प्रहरीले अस्पतालका सञ्चालक उत्तम सञ्जेल र उनकी पत्नीसहित तीन जनालाई पक्राउ गरेको छ ।
बुधबार प्रहरीले सञ्जेल पत्नी कला अधिकारी सञ्जेल, कर्मचारी तीर्थकुमारी श्रेष्ठ र संगीता केसीलाई प्रहरीले हिरासतमा लिएको हो । उनीहरुमाथि वृत गौशालाबाट अभद्र व्यवहारमा पाँच दिनको म्याद थपेर आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
अस्पतालको शौचालयमा तामाङ झुण्डिएको अवस्थामा मृत फेला परेकी थिइन् । तामाङका आफन्तले अस्पताल प्रशासन र कर्मचारीको मिलेमतोमा हत्या भएको भन्दै अस्पताल तोडफोडसमेत गरेका थिए ।
आफन्तको प्रर्दशन चर्किँदै गएपछि अनुसन्धानका लागि उनीहरुलाई नियन्त्रणमा लिइएको हो । प्रहरीले विमलाको गोजीबाट तीन जनाको नाम लेखिएको कागजको टुक्रासमेत भेटाएको थियो ।
कागजमा तीर्थ र संगीताको नाम अंग्रेजी अक्षरमा लेखिएको थियो भने तेस्रो अक्षर ‘म्याम’थियो । त्यही कागजको आधारमा उनीहरुमाथी अनुसन्धान सुरू गरिएको हो ।
महानगरीय प्रहरी वृत बौद्धका डीएसपी नरेन्द्र चन्द घटनाको अनुसन्धान भइरहेको बताउँछन् । उनका अनुसार विमलाको पोष्टमार्टम रिपोर्ट आइसकेको छैन् ।
Comments