Sajhamanch Archive

त्रिवि रजिस्ट्रारको मनपरीः आफ्नो बढुवा आफैंले

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार by .

काठमाडौं । कर्मचारीले आफ्नो बढुवा आफैं गर्न सक्छन् र ? धेरैको उत्तर हुन्छ– सक्दैनन् । तर त्रिभुवन विश्वविद्यालयमा कर्मचारी आफैंले आफ्नो बढुवा गर्न सक्छन् ।

पदमा बस्यो, नियम आफू अनुकुल बनायो अनि बढुवा भइहाल्यो । लामो समयदेखि त्रिवि यस्तै बेथितिको मारमा गुज्रिरहेको छ ।

त्रिविका तीन रजिस्ट्रार पदमै रहेका बेला सहप्रध्यापकबाट प्राध्यापकमा बढुवा भएका छन् ।

सहप्रध्यापकबाट प्राध्यापकमा बढुवा भएका रजिस्ट्रार डिल्ली उप्रेती पछिल्ला व्यक्ति हुन् । यसअघि चन्द्रमणि पौडेल र गीताभक्त जोशी आफू अनुकुल नियम परिवर्तन गरेर बढुवा भएका थिए । अन्नपूर्ण पोस्ट् दैनिक बाट।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *