Sajhamanch Archive

अस्वस्थ्य मानसिकताबाट बच्न योगः प्रधानमन्त्री ओली

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार by .

काठमाडौ । प्रधानमन्त्री केपीशर्मा ओलीले अस्वस्थ्य मानसिकताबाट बच्न सबैले योग गर्नु पर्ने बताएका छन् ।

अन्तराष्ट्रिय योग दिवसको अवसरमा आज राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले समय निकालेर हरेक मानिसले दैनिक रुपमा योग गर्नु स्वास्थ्यका लागि उपयोगी हुने जानकारी दिए ।

“योगको अभ्यास भाषा र लिपी सुरु हुनु भन्दा धेरै अघिबाट सुरु भएको हो” प्रधानमन्त्री ओलीले भने “मानिस स्वास्थ्य रहनका लागि योगको निरन्तरता जरुरी छ ।”

प्रधानमन्त्री ओलीले नेपालमा योगको अभ्यास परम्परागत कालदेखि हुंदै आएका प्रमाणहरु धेरै भेटिएको बताए । उनले भने, “हामीले पाँच ÷ छ हजार बर्ष पहिलेका मूर्तीहरु हे¥यौं भने पनि योगका विभिन्न आशनमा देखिन्छन्” ।

प्रधानमन्त्री ओलीले नेपालको कोशी किनारमा बेदका ऋचाहरुको रचना भएको उल्लेख गरे । “यस्तो ज्ञान भूमीमा बस्ने हामीहरु केही समय पछि पछि परेका हौं तर अब त्यो अवस्था रहँदैन ” प्रधानमन्त्री ओलीेले भने, लोभ मोह र क्रोधबाट मानिसले मुक्त हुनका लागि योग र नियमित ध्यान गर्नु उपयुक्त हुन्छ ।

प्रधानमन्त्री ओलीले देशलाई आवेश उत्तेजना तिर लैजान खोजिएको भन्दै यस किसिमका प्रयासलाई निस्तेज गरेर सरकार देशलाई समृद्धिको यात्रामा अघि बढाउन प्रतिबद्ध रहेको बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *