Sajhamanch Archive

प्रदर्शनकारी घाइते भएको भन्दै सभामुखले दिए राजीनामा

Published: in राष्ट्रिय समाचार, विश्व समाचार by .

जनता र राज्यको सम्बन्ध कस्तो हुनुपर्छ , नागरिकप्रति राज्य कत्तिको उदार हुनुपर्छ भन्ने कुराको झल्को जर्जियामा हालै भएको राजनीतिक अभ्यासले दिएको छ ।

जर्जियाका सभामुख इराक्ली कोबाखिज्देले प्रदर्शनका कारण जनताप्रति पर्न गएको असुविधालाई मध्यनजर गर्दै शुक्रबार राजीनामा दिएका छन् । यद्दपि जुलाई ८ बाट मात्रै उनको कार्यकाल सकिनेछ ।

रुसका सांसद सेर्जेई ग्याब्रिलोवले जर्जियाको संसदमा विवादास्पद सम्बोधन गरेपछि सभामुख दबाबमा आएका थिए । रुसी सांसदको सम्बोधनको विरोध गर्दै भएको प्रदर्शनका कारण दुई सय ४० भन्दा बढी घाइते भएको र लगातार प्रदर्शन चर्कँदै जाँदा सभामुखले राजीनामा दिएका हुन् ।

यता विपक्षी नेताहरुले भने संसद भंग गर्न र मध्यावधि चुनाव गराउने संकल्प गर्दै प्रदर्शन जारी राखेका छन् । राजधानी त्बिलिसीमा पनि विरोध र्‍याली चर्किएको छ । प्रदर्शनकारीहरुले ‘रसियाले हस्तक्षेप गर्छ’ भन्ने लेखिएका प्लेकार्ड पनि बोकेर विरोध गरिरहेका छन् ।

स्वस्थ्य मन्त्रालयका अनुसार, प्रहरीले प्रदर्शनकारीहरुमाथि रबरको गोली र अश्रुग्याँस प्रहार गरेको थियो । जसका कारण कम्तीमा एक सय ६० प्रदशर्नकारी र ८० जना प्रहरी अधिकारीहरु घाइते भएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *