Sajhamanch Archive

विवादित कम्पनीलाई ७८ करोडको ठेक्का दिइँदै

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, समाज by .

काठमाडौं। नेपाल दूरसञ्चार प्राधिकरणले आर्थिक प्रस्तावमा उल्लेख भएको रकम घटाउन लगाई मलेसियाको विवादित कम्पनीलाई ७८ करोडभन्दा बढी (७० लाख ६६ हजार ८ सय ८८ डलर) को आयोजना जिम्मा दिने निर्णय गरेको छ ।

प्राधिकरणले जडान गर्न लागेको मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) स्थापनाका लागि मलेसियन न्युमेरा सेन्ड्रियन बरहादसमेतको संयुक्त लगानी (जेभी)लाई सम्झौताका लागि आउन पत्राचार गरेको छ ।

यो कम्पनीमाथि मलेसियामा प्रयोगकर्ताको तथ्याकं सुरक्षित गर्न नसकेको आरोप छ ।

मलेसियाको कम्युनिकेसन एन्ड मल्टिमिडिया कमिसनले मोबाइल ब्लकिङ सेवा सञ्चालनका लागि न्युमेरालाई जिम्मा दिएको थियो । कान्तिपुर दैनिकबाट।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *