डाक्टरले मृत घोषित पोष्टमार्टम गर्न मुर्दाघर पुर्याईएका व्यक्ति जिउँदैछु बचाउ भन्दै रुन थालेपछि…..
Published:
by .काठमाडौ । अस्पताललाई मन्दिर मान्दै डाक्टरलाई धेरैले भगवान मान्ने गर्दछन् । हरेक बिरामीका लागि उसको उपचारमा खटिएका डाक्टर भगवान हो देवता हो । सामान्यतया अस्पतालमा उपचार गर्दा आइपर्ने समस्या भनेको अस्पताल र डाक्टरको फि हुन्छ ।
धेरै अस्पतालहरुले पहिले पैसा लिएर पछि मात्रै उपचार गर्ने गर्दछन् । नेपालमा पनि यस्ता धेरै अस्पताल छन् जहाँ महंगो सेवा दिइन्छ । सस्तोमा सेवा प्रदान गर्ने अस्पताल नभएका पनि होईनन् । सस्तोमा सेवा प्रदान गर्ने अस्पतालहरुले प्रभावकारी सेवा प्रदान गर्न नसकेको आरोप लाग्दै आएको छ ।
नेपालमा जस्तै भारतमा पनि स्वास्थ्य क्षेत्र प्रभावकारी छैन । यस्तै एक घटना बाहिर आएको छ । भारतको मध्य प्रदेशको सागर जिल्लामा एक अनौठो घटना भयो । जसले विश्वभरीका चिकित्सकलाई लज्जित बनाएको छ । अस्पताल र डाक्टरहरुले यति हदसम्म गर्छन् भन्दै त्यो घटनाको खबरलाई दुनियाँभरी सेयर गरिरहेका छन् ।
त्यहाँ भएको के भने । त्यहाँका डाक्टरले मृत घोषित गरेर पोष्टमार्टम (चिरफार) गर्न मुर्दाघर पठाएका बिरामी ज्युँदै भएको खुल्न आएको छ । मुर्दाघरमा रहेका चिकित्सकले चिर्न औजार लिएर जाँदा उनी जिउँदै रहेको, बोल्न थालेको, आँखा खोलेको र रुन थालेपछि यो घटना बाहिर आएको हो ।
त्यसपछि उनलाई फेरी उपचारका लागि अस्पताल भर्ना गरियो । तर तपाईलाई जानकारी गराउँ ति व्यक्तिको पछि दोस्रोपटक उपचार गर्ने क्रममा ज्यान गयो । जानकारी अनुसार अस्पतालमा भर्ना भएको एक बिरामीलाई डाक्टरहरुले बिहिबार मृत भएको भन्दै घोषणा गरेका थिए ।
जानकारी अनुसार बीना सिविल अस्पतालमा हिजो राति ९ बजे डा. अविनाश सक्सेनाले अस्पतालका एक कर्मचारीद्धारा प्रहरीलाई एक जानकारी पठाएका थिए । यसमा ७२ वर्षीया वृद्ध किशन कासीराम नौगांव छतरपुर निवासी व्यक्रिको उपचारका क्रममा मृत्यु भएको बताइएको थियो ।
जानकारी पछि प्रहरीले उक्त शवलाई पोस्टमार्टमका लागि भनेर पठायो अनी जे देखियो सबै चकित परे । प्रहरीका अनुसार जब ति वृद्धको पोस्टमार्टमका लागि तयारी गरियो उक्त समयमा उनको सास चलिरहेको थियो अर्थात उनी जिउँदै थिए ।
यस बारेमा जब वृद्धसँग कुरा गरियो तब उनि रुन कराउँन थालेका थिए । उनलाई उपचारका लागि फेरि अस्पताल पठाइयो तर दुःखद कुरा उनको हिजो उपचारका क्रममा बिहान १०ः२० मिनेटमा निधन भयो । मृतक कासीराम गरीब थिए र उनका साथमा कोही पनि थिएनन् ।
उनी एक्लै अस्पताल भर्ना भएका थिए । सीएमओ डा. आरएस रोशनका अनुसार यो घटनाको पुर्ण रुपमा जाँच गरिने भएको छ । डाक्टरद्धारा गरिएको यो व्यवहारले सम्पुर्ण स्वास्थ्य क्षेत्रमा गम्भीर असर परेको भन्दै अनुसन्धान गर्ने बताइएको छ ।
एनडीटीवी News Source
Comments