Sajhamanch Archive

टस जितेर पहिले बलिङ गर्दै इङ्ल्यान्ड

Published: in खेलकुद, विश्व समाचार by .

काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप क्रिकेट अन्तर्गत अहिले उपाधि दावेदार इङ्ल्यान्ड र अस्ट्रेलिया आमने सामने हुँदैछन् ।

लर्डस्मा हुन लागेको खेलमा इङल्यान्डले टस जितेको छ र पहिले बलिङ गर्ने भएको छ । अस्ट्रेलियाले केहिबेरमा इङ्ल्यान्डविरुद्ध ब्याटिङ थाल्नेछ । आजको खेलमा दुबै टोली जित निकाल्दै विश्वकपमा बलियो हुने योजनामा छन् ।

जारी विश्वकपमा इङ्ल्यान्ड अहिलेसम्म ६ खेलमध्ये ४ खेलमा जित र २ मा हार व्यहोर्दै अंक तालिकामा ८ अंकसहित हाल चौथो स्थानमा रहेको छ । यता अस्ट्रेलियाको स्थिति भने केहि सहज देखिएको छ ।

६ खेल खेलिसकेको अस्ट्रेलिया अहिले १० अंकसहित अंकतालिकाको दोस्रो स्थानमा रहेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *