Sajhamanch Archive

गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई महानगरले दियो ६ करोड ४५ लाख बजेट

Published: in खेलकुद, राष्ट्रिय समाचार, समाज by .

चितवन । भरतपुर महानगरपालिकाले चितवनमा धुर्मस–सुन्तली फाउन्डेसनद्धारा निर्माणाधिन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको लागि ६ करोड ४५ लाख रुपैंया बजेट विनियोजन गरेको छ ।

रंगशालाको लागि महानगरपालिकाका तर्फबाट चार करोड र प्रत्येक वडाबाट पाँचरपाँच लाख गरी १ करोड ४५ लाख बजेट विनियोजन गरिएको हो । आर्थिक बर्ष २०७६ / ७७ को बजेट प्रस्तुत गर्दै महानगरपालिकाकी उपप्रमुख पार्वती शाहाले महानगरपालिकाका २९ वडाबाट पाँच–पाँच लाख र बाँकी रकम महानगरपालिकाले विनियोजन गरेको बताए ।

यसअघि प्रदेश नम्बर ३ सरकारले रंगशाला निर्माणका लागि पाँच करोड बजेट विनियोजन गरिसकेको छ । तर अहिले रंगशालाको बारमा डोजर लगाएपछि निर्माणको काम रोकिएको छ ।

केही समय अघि रंगशालाको निर्माणस्थलमा लगाइएको बार प्रकाश कँडेलको नेतृत्वमा डोजर लगाएको थियो । कँडेलसहित १६ जनालाई पक्राउ गरि सार्वजनिक सम्पतिमा नोक्सानी पुर्याकएको तथा धम्क्याएको अभियोगमा उनीहरुविरुद्ध मुद्दा चलाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *