Sajhamanch Archive

शिवसताक्षी नगरपालिकाद्वारा ८७ करोड ५४ लाखको बजेट सार्वजनिक

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, स्थानीय तह by .

शिवसताक्षी । शिवसताक्षी नगरपालिकाले चौथो नगरसभा मंगलबार सम्पन्न गरेको छ । नगरपालिकाले आगामी २०७६/०७७ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगरसभा गरेको हो ।

नगरले आउँदो आवका लागि ८७ करोड ५४ लाख बजेटको नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । सङ्घीयताको मर्म एवम् भावना अनुरुप नगरको समग्र विकासमा वडास्तरको भूमिकालाई अझ बढी प्रभावकारीे बनाउने उद्देश्यका साथ वजेट नीति तथा कार्यक्रम प्रस्तावित गरिएका थियो ।

नगरका समग्र नगरवासीको आर्थिक विकास, सुशासन र समृद्घिको चाहानालाई परिपूर्ति गर्न एवम् यस नगरलाई व्यवस्थित, सफा, सुन्दर र सबल नगर वनाउन नगरले कार्यक्रम अघि सारेको छ । नगरभित्र भएका धार्मिक तथा पर्यटक क्षेत्रहरुको गुरु योजना अनुसार काम अघि बढेको जनाएको छ ।

वडा योजना तथा कार्यक्रम, नगरका गौरवका योजना तथा कार्यक्रम, लागत सहभागिता सम्वन्धि नीतिलाई यस नगरका प्रमुख नीतिहरुका रुपमा राखिएको छ । कार्यक्रममा बोल्दै नगरप्रमुख चन्द्रकुमार शेर्माले नगरको समग्र विकासका लागि नीति तथा कार्यक्रमा आएको बताए ।

उनले नगरले विकासको कामलाई ओझेल पार्दै विभिन्न अनलाइन सञ्चार माध्यम र सामाजिक सञ्जालमा प्रमुख अथितिको विषयमा भ्रामक समाचार प्रस्तुत गरेर नगरलाई कमजोर बनाउने झुट प्रत्यन्न भएको जानकारी दिए । हामीले कार्यापालिका बैठकमा उठान नै नगरेको विषयको दुषप्रचार गरेर नगरले गरेको कामहरुको अबमूल्यन गरेको बताए । उनले नगरको अझ विकासका लागि स्थानीय समाजसेवी, विभिन्न संस्था, नगरबासीलाई सहयोगको आग्रह गरे ।

नीति तथा कार्यक्रम प्रस्तुत नगर उपप्रुमख भोजकुमारी नेपालले गरेकी थिइन भने सञ्चालन प्रमुख प्रशासकीय अधिकृत विष्णु बहादुर अधिकारीले गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *