शिवसताक्षीका विपन्न परिवारका लागि घर निर्माण सुरु
Published:
by .शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिका वडा नम्बर १ स्थित माझी बस्तीका बासिन्दाहरुका लागि घर निर्माण सुरु भएको छ । विपन्न, गरिब र सिमान्तकृत नागरिकहरुकालागी प्रदेश सरकारको भौतिक योजना मन्त्रालय शहरी बिकास तथा भवन निर्माण कार्यक्रम अन्र्तगत घर निर्माण सुरु भएको हो ।
बिहीबार प्रदेश सांसद झलकसिं दर्लामी, शिवसताक्षी नगरपालिका प्रमुख चन्द्रकुमार शेर्मा लगायतले घर निर्माणको लागी सामुहिक रुपमा शिल्यान्यस गरेका छन् । प्रदेश नम्बर १ ले सिमान्तकृत, विपन्न तथा घरबार बिहिन भएका नागरिकलाई आवासको प्रदान गर्नका लागी सहरी बिकाश तथा भवन निर्माणको कार्यक्रमको कार्यक्रम अघि सारेको प्रदेश सांसद झलकसिं दर्लामीले जानकारी दिए । शिवसताक्षी नगरपालिकाका ११ वटै वडाहरुमा ३३ परिवार र महाभरा र बैगुनधुरामा गरी जम्मा ४२ घरपरिवारलाई घर निर्माण गरिने बताइएको छ ।
घर निर्माणका लागी प्रत्येक परिवारलाई प्रदेश सरकारले ३ लाख ३२ हजार ५ सय रकम उपलब्ध गराएको छ भने १० प्रतिशत लागत सहभागीता उपभोक्ताको रहने छ । ईट्टाको पर्खाल र टिनका छाना भएको २ कोठा १ बरण्डा र शौचालय समेत निर्माण गरिने संसाद दर्लामीले बताए । उनले घर बनाउन छ्टेका परिवारलाई आगामी बजेटबाट घर निर्माण गरिने समेत जानकारी दिए ।
सरकारले घर निर्माण गरिदिए भएपछि त्यस क्षेत्रका विपन्न तथा समान्तकृत परिवारले सरकार भएको महशुस गर्न थालेका छन् ।
Comments