Sajhamanch Archive

मोदी र  ट्रम्पबीच भेटवार्ता

Published: in राष्ट्रिय समाचार, विश्व समाचार by .

एजेन्सी । जापानमा आयोजित जी २० सम्मेलनको साइडलाइनमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच भेट वार्ता भएको छ । सो सम्बन्धी जानकारी भारतको विदेश मन्त्रालयका प्रवक्ता रभीसकुमारले ट्विट गर्दै केही गराएका छन् ।

उनले भेटमा फाइभ जीमा सहयोग, रक्षा मामिला, सुरक्षा र व्यापार लगायत आपसी चासोका विषयमा कुराकानी भएको जनाएका छन् । भेटको विस्तृत विवरण भने सार्वजनिक गरिएको छैन ।

अमेरिकाले भारतलाई ड्युटी फ्रि सुविधाबाट हटाएपछि भारतले पनि अमेरिकाका २८ वटा सामानमा कर लगाउने निर्णय गरेको थियो ।

यो विषयले गर्दा दुई देशबीच विवाद उत्पन्न भएकै बेलामा दुई देशका कार्यकारी प्रमुखबीच भेटवार्ता भएको हो ।

त्यही भएर अमेरिकी राष्ट्रपति ट्रम्पले विहीबार जापान जानु अघि गरेको ट्विटमा भारतको कर अस्वीकार्य रहेको र फिर्ता गर्नुपर्ने तथा आफूले त्यसबारेमा भारतका प्रधानमन्त्री मोदीसँग जापानमा कुरा गर्ने जनाएका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *