Sajhamanch Archive

अफगानिस्तानमा शक्तिशाली विस्फोटमा ३४ को मृत्यु, ६८ जना घाइत

Published: in राष्ट्रिय समाचार, विश्व समाचार by .

एजेन्सी । अफगानिस्तानको राजधानी काबुलमा आज भएको शक्तिशाली विस्फोटमा परी ३४ भन्दा बढी व्यक्तिको मृत्यु भएको छ ।

यस विस्फोटमा परी अन्य ६८ जना घाइते भएका छन् । विस्फोटपछि सम्भावित तालिबान आतंककारीहरु एक निर्माणाधीन भवनमा छिरेका र सोही स्थानमा सुरक्षाबल र आतंकारीबीच दोहोरो गोली हानाहान भएको प्रत्यक्षदर्शीहरुलाई उद्धृत गर्दै अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

शुरुमा आतंककारीले विस्फोटक पदार्थ बोकेको एक कारलाई विस्फोटन गराएको पनि प्रत्यक्षदर्शीले जानकारी दिएका छन् । निर्माणाधीन भवनमा दोहोरो गोली हानाहान भएको र केही समयपछि सुरक्षा अधिकारीले सो स्थानमा पुगेका र स्थिति नियन्त्रणमा लिएको जनाइएको छ ।

आक्रमण भएको त्यस स्थानमा सुरक्षा अधिकारीहरुले नियन्त्रणमा लिएर घेरा लगाएको र पत्रकारहरुलाई समेत त्यहाँ जान रोक लगाएको छ । आक्रमण र यसपछिको अवस्थाको प्रहरी हालसम्म तालिबान समूहले केही टिप्पणी गरेको छैन ।

घाइतेमध्ये कैयौंको अवस्था चिन्ताजनक भएको र मृतकको सङ्ख्या बढ्न सक्ने पनि आशंका गरिएको छ । समाचारको विस्तृत विवरण आउन अझै बाँकी रहेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *