Sajhamanch Archive

बन्दुकधारी समुहद्वारा प्रहरी चौकी आक्रमण, चार जना प्रहरीको मृत्यु

Published: (Updated: ) in राष्ट्रिय समाचार, by .

अबुजा । नाइजेरियाको दक्षिणी राज्य बेएल्सामा रहेको एक प्रहरी चौकीमा बन्दुकधारीले गरेको आक्रमणमा परी चार जना प्रहरीको मृत्यु भएको छ ।

यस आक्रमणमा एक जना डिभिजनल प्रहरी र तीन जना स्थानीय प्रहरीको मृत्यु भएको प्रहरी स्रोतले जानकारी दिएको छ ।

प्रान्तीय राजधानी येनागोआको आगुदामा एक्पेटिआ क्षेत्रमा रहेको एक प्रहरी चौकीमा बन्दुकधारीहरुको एक समूहले सोमबार बिहान सबेरै आक्रमण गरेको राज्य प्रहरी प्रवक्ताले जानकारी दिनु भएको छ ।

यस आक्रमणमा परी सर्वसाधारण मारिएका वा घाइते भएका बारेमा कुनै समाचार प्राप्त नभएको प्रहरीले जनाएको छ । सिन्ह्वा

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *