सुधार गृहदेखि विश्वको सर्वाेच्च शिखर सगरमाथासम्मको वाङ्दाको यात्रा
Published: (Updated: )
by .काँकरभिट्टा । ३६ वर्षीय वाङ्दा शेर्पाको परिचय यतिखेर सर्लक्कै फेरिएको छ । कुनै बेला लागुऔषधको कुलतमा थिए उनी । त्यसवेला समाजले उनीप्रति हेर्ने दृष्टिकोण कहिल्यै सकरात्मक बनेन् । समाजमा राम्रा राम्रा काम गरेर यो लागुऔषधको कुलतमा फसेर विगारेको आफ्नो परिचय बद्ल्न चाहान्थे शेर्पा । तर समाजले उनको यो कुरालाई कहिल्यै पत्याएन् । यस कुराले कहिले काहि उनलाई ज्यादैं ‘डिप्रेशन’ जस्तो हुदो रहेछ ।
पुख्र्याैली घर सोलुखुम्बु भएपनि आमा बाबु कामका शिलशिलामा भुटान गएका बखत भुटानमा जन्मेका शेर्पा झापाको मेचीनगर वडानम्बर—६ लाई आफ्नो कर्म घर भन्न रुचाउछन् र भन्छन ‘म भुटानमा जन्मे पनि काँकरभिट्टामा हुर्के, बढे बाल्यकाल त्यही विताए ।’ ‘पहिलो पटक लागुऔषधको सेवन गर्दा कति वर्षको थिए मलाई ठ्याक्कै थाहा छैन् ’ उनले भने — ‘म कक्षा ८÷ ९ मा पढ्दा पढ्दै मनोरञ्जन गर्ने बहानामा साथीभाईको लहै लहैमा लागेर र पार्टीतिर जादा छयाङ् र रक्शीबाट शुरु गरेँ झण्डै १९ वर्षसम्म म लागुऔषधको कुलतमा फसे र यो बेलासम्म आइपुग्दा खान मैले केही बाकी राखिन् मलाई एकछिन खान नपाउदा के गरौं कसो गरौँ हुन्थ्यो ।’
काँकरभिट्टास्थित सुर्याेदय अंग्रेजी माविबाट कखरा सिकेका थिए उनले । मध्यम वर्गीय परिवारमा जन्मेका शेर्पाले आफ्नो बाबुको माया पाउन सकेनन् । जसोतसो आमा र दाईहरुले उनलाई पढाए । तर, उनी जीवनको महत्वपूर्ण उमेरमा केही गरौ भन्ने जोश जागर भएका बेला लागुऔषधको कुलतमा फसे । जतिबेला लागुऔषधको दलदलमा थिए उनी परिवार आफन्त, छरछिमेकी इष्टमित्र सवै टाढिए । उनले विदेशी महिलासँग विवाह गरेका थिए । उनी छोराकै हेराचाह गर्ने क्रममा जर्मनीमा सात वर्ष बसे । १० वर्षीय छोराको बाबु शेर्पा लागुऔषधको कुलतमा फसे पछि श्रीमतीले समेत सम्बन्ध विच्छेद गरिन् । यतिमात्र होइन उनको ट्रेकिङ कम्पनिमा राम्रो जागीर थियो त्यो पनि कुलतकै कारणले गुम्यो । दाम्पत्य जीवन चौपट्ट भयो ।
त्यसपछि उनलाई लाग्यो म हिडेको बाटो गलत रहेछ भन्ने । उसवेलाको स्मरण गदैं भन्छन् — ‘जुन बाटो म हिड्छु मलाई देख्ने वित्तिकै अरु अर्काे बाटो हिड्छन् म आफ्न्त खोज्छु उनीहरु टाढिन्छन् ।’ उनले शुरुमा आफै सुध्रिन चाहान्थे । एकदिन दाजुलाई निक्कै मलिन स्वरमा भने —‘दाई मलाई केही पैसा दिनुहोस म सुध्रिन चाहान्छु पुर्नस्थापना केन्द्र जान्छु ।’तर दाजुको जवाफ थिया तलार्य पैसा होईन म डिप्रेसनको औषधि चाँहि ल्यार्ईदिन्छु ।
उनलाई सुधार्न परिवारले के चाँहि गरेको थिएन र । स्वदेश र विदेशका महँगा महँगा सुधार गृहमा समेत राख्यो । सुधार गृह बस्नु शुरुमा उनको बाँध्यता भएपनि पछिल्ला समय शेर्पालाई नचाहँदा नचाहँदै परिवारले लगरे राखिदिए । जव आफुलाई सुधार गृह बस्न इच्छा नहुँदा नहुँदै परिवारले लगेर राखिदिए त्यस पछि उनले सोच्न थालेछन्, एक पटकको जिन्दगी हो, अब केही गर्नुपर्छ, यो जिन्दगी नशा र लागुऔष खाएर मात्र विताउने होइन रहेछ जिन्दगी राम्रो छ । लागुऔषविना पनि बाँच्न सकिँदो रहेछ भन्ने । बल्ल जीवन के हो बुझ्न् थालेछन् उनले र यो मुलुकमा केही न केही काम गरेर नाम राख्ने विचार गरे । सगरमाथा चढ्ने संकल्प गरे ।
पुर्नस्थापनाको अध्यारो कुनामा रहेका बखत उनले अब विश्वको सर्वाेच्च शिखर सगरमाथा चढ्ने तानावाना बुने । शेर्पा परिवारमा जन्मेका उनलाई सगरमाथा चढ्नु कुनै नयाँ काम थिए न । परिवारको संरक्षणमा र हेरचाहामा सानैदेखि ट्रेकिङ कम्पनिहरुमा काम गर्थे । साना साना हिमाल त धेरै पटक चढिसकेका थिए । उनले सगरमाथाको शिखरमा पुगेर लागुऔषध विनानै बाँच्न सकिँदो रहेछ भन्ने सन्देश दिन सगरमाथा चढ्ने अठोट गरे र सन् २०१९ मे २३ तारीख विहान साढे ८ बजे यसै वर्ष उनले सगरमाथाको सफल आरोहण गरे अनि भने लागुऔषध विना पनि बाँच्न सकिँदो रहेछ जीवन एकपटक पाएपछि अर्काे पटक नपाइदो रहेछ । यसवेला उनको परिचय भने बदलिएको छ । उनको दुव्र्यसनदेखि सगरमाथा सम्मको यात्रा कसरी सम्भव भयो उनैलाई थाहा छैन् । पुर्नस्थापना केन्द्रको अध्यारो कुनामा लागुऔषधको कुलतबाट बाहिर निस्कन संघर्ष गरिरहदा शायद नले सोचेका पनि थिएनन् होला एकदिन सगरमाथाको शिखरमा पुगेर उज्यालो संसार नियाल्ने छु भनेर ।
लागुऔषधको दुव्र्यसनीदेखि विश्वको अग्लो शिखर सगरमाथासम्मको यात्रालाई एक पटक पछाडी फर्केर हेर्दा आफैलाई कस्तो कस्तो लाग्ने र लागुऔषधको कुलतमा फसेकाहरु सुध्रिदैनन् निस्कन गाहे हुन्छ भन्ने कुरालाई सगरामाथाको सफल आरोहणले झुठो सावित गरिदिएको उनको तर्क छ । अहिले उनी सगरमाथा आरोहीका नामले उनी जताततै चिनिएका छन् । जतिवेला उनी लागुऔषधको कुलतमा थिए छरछिमेकी साथीभाईबीच उनको परिचय एउटा दुव्र्यसनीमा थियो । अहिले सगरमाथा चढेर आएपछि यो छवि अहिले सुध्रिएको उनको भनाई छ । लागुऔषध प्रयोगकर्तालाई हेर्ने समाजको दृष्टिकोण केही फरक छ । मेरो यो सर्वाेच्च शिखर सगरमाथाको सफल आरोहणले समेत लागुऔषध प्रयोगकर्ताहरुले पनि निक्कै साहशिक काम गर्दा रहेछन् उनीहरुलाई फरक दृष्टिकोण सधै नकरात्मक रुपबाट मात्र हेर्न नहुादो रहेछ भन्ने पुष्टि गरेको उनको भनाई छ । आफुमा नयाँ जिम्मेवारी थपिएको र यसलाई निरन्तरता दिने उनको भनाई छ ।
‘१९ वर्ष अघिको वाङ्दा र अहिलेको वाङ्दा शेर्पामा जमीन आकाशको फरक पाएको छु ’ बेला बेला गला अवरुद्घ पादैं उनले भने मेरा धेरै साथीभाई खाउ खाउ लाउ लाउ भन्ने उमेर मरेर गए कारण यहि लागुऔषधको कुलत थियो शायद मैले पनि बेलैमा त्यो बाटो परिवर्तन नगरेको त्यही हालत हुन्थयो होला म एकै शब्दमा भन्छु म त जानेर या नजानेर बुझेर वा नबुझेर यो कुलतमा फसे आउने नयाँ पुस्ता यस्तो कुलतमा नफसुन ड्रग्स विनाको जिन्दगी सुन्दर छ, अमुल्य छ, केही राम्रो काम गर्नुपर्छ, राम्रो कर्ममा लाग्नु पर्छ यो जिन्दगीको उचित व्यवस्थापन गरौ । ’
उनले थपे— ‘लागुऔषधले समयको वर्वादी, केही गरौ भन्ने उर्जाशिल आफ्नो उमेर वर्वाद, आफ्न्त घरपरिवार, इष्टमित्र छरछिमेकी सवै गुमाउनु पर्ने छर लथालिङ्ग र भाताभुङ्ग हुँदो रहेछ ।’ लागुऔषध सेवन वाट धेरै धेरै ठुला जोखिमहरु व्यहोर्नुपरेको र लागुपदार्थको दुव्र्यसनले मानिसको शारिरिक तथा मानसिक दुर्वलता ल्याउने उनको भनाई छ । साहसी शेर्पाले आफ्नो जीवन सगरमाथा आरोहण र पीडादायी अनुभव सुनाउदैं भने ÷‘धन्न बेलैमा यो कुलतबाट बाहिर निसकन सफल भए ।’ यसवेलाका दुव्र्यसनी शेर्पा अहिले एका एक सेलिव्रेटी भएका छन ।
केहीदिन अघि झापाको मेचीनगरमा लागुऔषको कार्यक्रममा प्रमुख वक्ताका रुपमा आएका बेला संयौ विद्यार्थीहरुले अटोग्राफ माग्दा उनलाई निक्कै रमाइलो भएको थियो । उनको भावी योजनाका बारेमा यसरी सुनाए —‘सगरमाथा त चढे अब ‘से नो टु ड्रग्स’ जिन्दगी सुन्दर छ, अमुल्य छ, केही राम्रो काम गर्नुपर्छ भन्ने सन्देश बोकेर सातवटा हिमाल चढ्छु ।’ अधिकाँश मान्छे वेराजगारका कारणले विग्रिने भएकाले अहिले नेपालका विभिन्न ठाउँमा पुनस्र्थापना केन्द्र स्थापना गरी उपचार गरिएपनि यो दिर्घकालिन समाधान नभएको बताउछन् उनी । उद्योग धन्दा खोलेर युवाहरुलाई रोजगार दिनुपर्ने उनको भनाई छ ।
Comments