बि- ब्वाय सिटीको उपाधि बि-ब्वाय चुन्टुले जिते,
Published:
by .काठमाडौं । गोविन्द एजुकेसन नेपाल बि -ब्वाय सिटी २०१९ मा भक्तपुर डार्कनेस क्रुका सदस्य बि ब्वाय चुन्टुले जितेका छन् ।
प्रतियोगिता नेपाल हिपहप फाउन्डेसन तथा गोविन्द एजुकेसनले आयोजना गरेको हो । बि -बोइङको विश्व च्याम्पियनसिप डिसेम्बर ७ देखि ८ सम्म ताइवानमा हुनेछ । जसमा नेपालबाट बि- ब्वाय चुन्टुले सहभागिता जनाउने छन् ।
कार्यक्रममा विभिन्न पाँच विधामा प्रतियोगीता भएको थियो । जसमा कुल १३४ प्रतिस्पर्धी सहभागि थिए । गायिका समृद्धि राई, र्यापर निर्णय डिएन एसके, प्रोफेसर ट्रिक्सलगायत उपस्थित कार्यक्रममा वान-अन-वान अल स्टायलमा मुकेश ढकालले उपाधी जिते ।
उनले नगद २० हजार र प्रमाणपत्र प्राप्त गरे । वान-अन-वान अल स्टायल किड्स मा बि- ब्वाय आर्यन विजय बने । उनले नगद १० हजार र प्रमाणपत्र प्राप्त गरे । वान-अन-वान अन्डिस्प्युटेड बि-गर्लु को उपाधी भने बि-गर्ल फेथ (द ब्याटल फ्युजन क्रु की सदस्य)ले प्राप्त गरिन् ।
उनले नगद रु १० हजार र प्रमाणपत्र प्राप्त गरिन् । फो-अन-फो ब्रेकिङ को उपाधी भनेलेट्स ब्रेक क्रुले प्राप्त गर्यो । जसले नगद ३० हजार र प्रमाणपत्र प्राप्त गर्यो । प्रतियोगीतमा उत्कृष्ट प्रदर्शन गर्दै योजना धमलाले गोविन्द एजुकेसन राइजिङ स्टार अवार्ड प्राप्त गरिन् ।
सम्पूर्ण विजेतालाई गोविन्द एजुकेसनका कार्यकारी निर्देशक विज्ञान कँडेल तथा हेल्थ करियर्स् इन्टर्नेस्नल अष्ट्रेलियाको नेपालका लागि बजार व्यवस्थापक धीरज सिंहले प्रदान गरेका थिए ।
कार्यक्रममा बोल्दै गोविन्द एजुकेसनका कार्यकारी निर्देशक कँडेलले युवाको क्षमतालाई विभिन्न तरिकाले बाहिर निकाल्न जरुरी रहेको धारणा व्यक्त गरे ।
देशको सामाजिक सांस्कृतिक क्षेत्रको विकासका लागि युवाको भूमिका महत्वपूर्ण हुने गर्छ, उनले भने, युवासँग आफू पनि जोडिन पाउँदा खुशी लागेको छ ।
Comments