Sajhamanch Archive

बस दुर्घटना हुँदा २९ जनाको मृत्यु

Published: in विविधा, विश्व समाचार by .

नयाँ दिल्ली । भारतको उत्तर प्रदेशस्थित आगरामा बस दुर्घटना हुँदा २९ जनाको मृत्यु भएको छ ।

लखनउबाट दिल्लीका लागि छुटेको बस यमुना एक्सप्रेस–वेमा नालीमा खस्दा २९ जनाको मृत्यु भएको हो । दुर्घटनामा अन्य १८ जना घाइते भएका छन् ।

अनियन्त्रित भएर नालीमा बस खस्दा आधा भाग डुबेको प्रहरीले जनाएको छ । बसबाट सबै शव बाहिर निकालिएको र घाइतेलाई उपचारका लागि अस्पताल लगिएको जनाइएको छ ।

ज्यान गुमाउनेमा २७ जना वयस्क, एक किशोरी र एक डेढ वर्षीया बालिका छन् । (एजेन्सी)

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *