Sajhamanch Archive

यमनकोमा जासुसी गरेको आरोपमा ३० जनालाई मृत्युदण्डको फैसला

Published: in विविधा, विश्व समाचार by .

काठमाडौं । विद्रोहीको नियन्त्रणमा रहेको यमनको राजधानी सानास्थित एक अदालतले साउदी गठबन्धनका निम्ति जासुसी गरेको आरोपमा ३० जनालाई मृत्युदण्डको फैसला गरेको छ ।

मृत्युदण्डको सजाय सुनाइएकाहरुमा इस्लाहा पार्टीसँग आबद्ध रहेका प्राज्ञहरु, प्राध्यापकहरु र विद्यार्थी रहेका छन् ।

यमनमा यो समूहलाई मुस्लिम ब्रदरहुडको नामले चिनिन्छ । यी व्यक्तिलाई सन् २०१६ मा हुथी विद्रोहीको सुरक्षा अभियानका क्रममा पक्राउ गरिएको थियो ।

नाम नबताउने शर्तमा एक अधिकारीले अदालतको आदेशका विरुद्ध अपिल गरिने बताएको अन्तर्राष्ट्रि सञ्चार माध्यमले जनाएका छन् ।

एम्नेस्टी इन्टरनेशनलले अदालतको आदेश कानुनको उपहास भएको जनाउँदै गिरफ्तारीमा परेका सबैलाई तत्काल रिहा गर्न हुथी विद्रोहीसँग आग्रह गरेको छ ।

यमनमा विगत चार वर्षदेखि इरान समर्थित हुथी विद्रोही र साउदी अरेबिया समर्थित तथा अन्तर्राष्ट्रिय रुपमा मान्यताप्राप्त सरकारी फौजबीच भिषण युद्ध जारी छ ।

यमन युद्धमा हजारौंको ज्यान गइसकेको छ भने लाखौं मानिस घरबार छाडेर अन्यत्र पलायन भएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *