Sajhamanch Archive

पपुआ न्यूगिनीमा जातीय हिंसाका क्रममा कम्तिमा २४ जनाको मृत्यु

Published: in राष्ट्रिय समाचार, विश्व समाचार by .

पपुआ न्यूगिनी । पपुआ न्यूगिनीमा भएको एउटा जातीय हिंसाका क्रममा महिला र बालबालिका गरेर कम्तिमा २४ जनाको मृत्यु भएको छ ।

हेला प्रान्तमा भएको सो घटनामा मृत्यु हुनेको संख्या अझ बढ्न सक्ने जनाइएको छ । प्रधानमन्त्री जेम्स मारापेले दोषीलाई कारवाही गर्ने जनाउँदै सो घटना आफ्नो जीवनको सबैभन्दा निराशाजनक दिन भएको बताएका छन् ।

सो क्षेत्रमा गएको २० वर्ष यता जातीय दंगा हुँदै आएको छ। हेला प्रान्तका प्रशासक विलियम बान्डोले २४ जनाको मृत्यु भएको र संख्या बढ्न सक्ने जनाएका छन् ।

स्थानीय समाचार एजेन्सी इएमटिभीका अनुसार टारी पोरी जिल्लाको दुई साना गाउँमा दुई वटा घटना भएका थिए । आइतबार त्यहाँ चार पुरुष र तीन महिलाको हत्या भएको थियो । सोमबार १६ महिला र केही बालबालिकाको हत्या भएको थियो ।
ती घटना स्थानीय मुनिमा र करिदा गाउँमा भएका हुन् । मारिएका मध्ये दुई जना महिला गर्भवती भएको बताइएको छ । कतिपय मारिएकाहरुको शरीर दुई टुक्रा बनाइएको छ, कतिलाई चिन्नै सकिदैन । (बीबीसी)

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *